काँग्रेस नेता जितेन्द्र नारायण देव एमालेमा प्रवेश



 

 

 नेपाली कांग्रेसका नेता जीतेन्द्रनारायण देव नेकपा (एमाले)मा प्रवेश गर्नु भएको छ । संविधानसभा सदस्य, पूर्वपर्यटनमन्त्री एवं राष्ट्रियसभाका पूर्वसदस्य समेत रहेका जीतेन्द्र आज एमालेमा प्रवेश गर्नु भएको हो । उहाँसंगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ उपाध्यक्ष अकबाल अहमद साह पनि एमालेमा प्रवेश गर्नुभएको हो । उहाँहरूसँगै लोसपाका अरू दर्जनौ नेता–कार्यकर्ता पनि एमालेमा प्रवेश गर्नुभयो । उहाँहरूलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले टीका र खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो । प्रवेश कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोख्रेल र उपमहासचिव प्रदीप ज्ञवाली पनि उपस्थित हुनुहुन्थ्यो । पार्टी प्रवेशसँगै देवले आफ्नो पुरानो बामपन्थी राजनीतिको पृष्ठभूमिबारे व्याख्या गर्नुभएको थियो । २०४९ सालमा एमालेबाटै राजनीति गरेका देव मधेस आन्दोलनपछि मधेसी दलहरूमा सहभागी हुँदै कांग्रेसमा पुग्नु भएको थियो । त्यसपछि उहाँ कांग्रेसबाट राष्ट्रिय सभा सांसद बन्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सरकार फेरिने हल्लाको पछि नलाग्नु : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनको हल्लाको पछाडि नलाग्न आग्रह गरेका

देवी प्रतिभालाई पोखरामा भव्य स्वागत

    कथा वाचिका देवी प्रतिभा नेपाल आएकी छिन् । उनी गण्डकी शत

 सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु

     सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु भएको छ ।

गाउँपालिकाका अध्यक्ष चौधरीमाथि गोली प्रहार

    कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि गोली प्रहार भएको छ