मदन जयन्तीको अवसरमा काठमाडौं महानगरद्धारा वृक्षारोपण



 

 

नेकपा एमाले काठमाडौं महानगर कमिटीले तत्कालीन महासचिव ‘जननेता’ मदन भण्डारीको ७३ औँ जन्मजयन्ती वृक्षारोपण गरी मनाएको छ । मदन जयन्तीका अवसरमा महानगर कमिटीले ‘म्हेपी आजिमा मन्दिर’परिसरमा शुक्रबार विभिन्न नेताहरूको सहभागितामा कार्यक्रम गरेको हो । काठमाडौं महानगरपालिका १६ नम्बर वडाले व्यवस्थापन गरेको कार्यक्रममा एमालेका नेताहरूले विरुवा रोपे । साथै नेताहरूले मदन भण्डारीको योगदानलाई स्मरण गरे । कार्यक्रममा नेकपा एमाले नेता तथा प्रतिनिधिसभा सांसद रघुजी पन्तले विश्वभरि कम्युनिस्ट आन्दोलन कस्तो हुने भन्ने चर्चा भइरहेको बेला भण्डारीले सिर्जनात्मक ढङ्गले नेपालको कम्युनिस्ट आन्दोलन उचाइमा पुर्याएको स्मरण गरे । ‘‘मदन भण्डारीले समकालीन राजनीतिमा मार्क्सवाद र लेनिनवाद सिद्धान्तलाई तत्कालीन परिस्थितिअनुसार वैज्ञानिक ढङ्गबाट बुझेर त्यस अनुरूप लागू गर्नुभएको थियो । जनताको बहुदलीय जनबाद ९जबज० र र मदन भण्डारी कम्युनिस्ट आन्दोलनले नेपाललाई दिएको उपहार हो । जसले मार्क्सवाद लेनिलबादलाई नेपाली भूमीमा नयाँ ढंगले लागु गर्ने सूत्रपात गर्नुभयो ’’ पन्तले स्मरण गरे । कार्यक्रममा एमाले नेता आनन्द पोखरेलले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन सङ्कटमा परेका बेला जनताको बहुदलीय जनवाद ९जबज०को नेपालमा आधारस्तम्भ निर्माण गरेको स्मरण गरे । उनले जबजजस्तो गतिशील विचार निर्माण गरेर भण्डारीले मार्क्सवादलाई नेपालको विशिष्टतामा लागू गरेको उल्लेख गरे । “भण्डारीले माक्सवार्दलाई नेपालको विशिष्टतामा लागू गर्न जबज सिद्धान्त बनाउनुभएको छ”, पोखरेलले भने, “एमालेले अहिले उहाँको विचार जबजलाई मार्गनिर्देशक विचारका रूपमा अँगालेको छ ।” नेता पोखरेलले पूर्वनेता माधवकुमार नेपाल र एकीकृत समाजवादीलक्षित गर्दै जबज नमान्नेहरू एमालेबाट अलग भएर गएको बताए । कार्यक्रममा एमाले नेता रामेश्वर फुयाँलले राजनेता मदन भण्डारीको विचारबाट मुलुक बदल्न चाहेको दाबी गरे । मदनले प्रतिपादन गरेको जबजबाट सिर्जनात्मक ढङ्गले देशको परिस्थितिअनुसार प्रयोग गर्ने उनले बताए । ‘‘हामी मदनको विचारधारा प्रचार गर्न चाहन्छौँ । जनताको मनमनमा पुर्याउन चाहन्छौँ । मुलुक रूपान्तर सम्भव छ । यसका लागि सिद्धान्त जनताको बहुदलीय जनबादबाट हुनेछ । मदन भण्डारी मार्क्सवाद दर्शनलाई जनताको बहुदलीय जनवाद ९जबज० परिणत गरेर व्यवहारमा प्रयोग गर्न सक्ने सफल दार्शनिक नेता हुनुहुन्थ्यो,’’ नेता फूँयालले भने, ‘‘ मार्क्सवादलाई सिर्जनात्मक ढङ्गबाट देशको परिस्थितिअनुसार कसरी प्रयोग गर्न सक्नुपर्दछ भन्ने कुरामा स्पष्ट दृष्टिकोण राख्ने र त्यसलाई व्यवहारमा लागू गर्न सक्ने उहाँ सक्षम नेता हो । यसलाई हामी व्यवहारमा लागु गर्न चाहन्छौँ ।” एमाले काठमाडौं अध्यक्ष दीपक निरौलाले बिग्रिएको वातावरण सन्तुलनको लागि एमालेले वृक्षारोपण गरेको बताए । आफूहरू मदन भण्डारी जस्तै जनताको भावना बुझ्दै अघि बढ्ने बताए । उनले भने, “उहाँको विचार सम्झँदै हामी अघि बढ्नेछौँ । मदनको स्वभाव दूरदर्शी क्षमताका साथै जनताको भावना बुझेर उहाँ व्यवहारमा लागू गर्नुहुन्थ्यो । जननेता सबै हुँदैनन्, उहाँमा जननेता हुने गुण थियो । नेकपा एमालेका नेताहरु मदनको त्यो गुण पछ्याएर अघि बढी बढ्नेछन् । मानव जीवनलाई समृद्ध बनाउने उद्देश्यका साथ अघि बढ्नेछौँ ।’’ कार्यक्रममा एमाले केन्द्रीय सदस्य नारायण सिलवाल, काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्य, एमाले काठमाडौं जिल्ला सचिव राजेश शाक्य, एमाले काठमाडौं जिल्ला उपाध्यक्ष विश्वराम सापकोटा, एमाले महानगर कमिटीका पूर्वअध्यक्ष निर्मल देउला र एमाले १६ नम्बर पार्टी अध्यक्ष जयप्रकाश श्रेष्ठ पनि थिए । कार्यक्रममा काठमाडौं महानगरपालिका १६ वडाका कार्यबहाक वडाध्यक्ष पुष्प महर्जनको पनि उश्थिती थियो । कार्यक्रममा एमाले महानगर कमिटी अध्यक्ष गणेश श्रेष्ठले वार्षिक योजना कार्यक्रम अनुसार वृक्षारोपण गरिएको बताए । अघिल्लो साल काठमाडौंको कालीमाटीको टंकेश्वर क्षेत्रको र विष्णुमती कोरिडोर टेकुमा वृक्षारोपण गरेको थियो । कार्यक्रम सञ्चालक एमाले महानगर कमिटी सचिव धनबहादुर महर्जन थिए ।

प्रतिक्रिया दिनुहोस
धनराज गुरुङ र ऋषिकेश पोखरेललाई उन्मुक्ति दिन खोजिएको माओवादीको आरोप

    नेकपा माओवादी केन्द्रले सहकारी ठगी प्रकरणमा जोडिएका कांग्रेस उपसभापति धनराज गुरुङलाई

यस्तो छ एमाले सचिवालय बैठकको निर्णय

    नेकपा एमालेले आसन्न केन्द्रीय कमिटीका लागि तयार राजनीतिक प्रतिवेदन सचिवालयबाट पारित

अख्तियारलाई टेलिफोन ट्र्याकिङको अधिकार

    २०७६ साल माघ ७ गते राष्ट्रिय सभामा दर्ता भएको भ्रष्टाचार निवारण

भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक संसदीय समितिबाट पारित

    भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको