संसदीय दलको नेताबाट रञ्जिता श्रेष्ठ आउट



 

 

 नागरिक उन्मुक्ति पार्टी नाउपाको संसदीय दलको नेता हेरफेर भएको छ । केन्द्रीय अध्यक्ष समेत रहेकी रञ्जिता श्रेष्ठलाई दलको नेताबाट हटाउँदै बहुमत सांसदले गङ्गा चौधरीलाई दलको नेता चयन गरेका छन् ।  चौधरी यसअघि प्रमुख सचेतक थिए । प्रमुख सचेतक रहेका चौधरीलाई दलको नेता चयन गर्दै प्रमुख सचेतकको जिम्मेवारी लालवीर चौधरीलाई दिने निर्णय भएको छ । लालवीर चौधरी रेशम चौधरीका बुवा हुन् । नाउपा केन्द्रमा चार सांसद छन् । ती मध्ये तीन जनाले उक्त निर्णयमा हस्ताक्षर गरेका छन् । गङ्गा चौधरी, अरुण चौधरी र लालवीर चौधरीले नाउपा संसदीय दलको नेताबाट रञ्जिता श्रेष्ठलाई हटाउँदै गंगा चौधरीलाई जिम्मेवारी दिने निर्णयमा हस्ताक्षर गरेका छन् भने रञ्जिता चौधरीको हस्ताक्षर छैन । दलको नेता परिवर्तनको निर्णय गरिएको विषय अहिले बहुमत सांसदहरूले शीर्ष नेताहरूलाई जानकारी गराइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
अध्यादेशको विपक्षमा मतदान गर्छौँ : नेकपा एस

    नेकपा एकीकृत समावजवादीले सरकारले ल्याएको अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरेको

नेकपा एसको अनेरास्ववियू फुट्यो, समानान्तर कमिटी घोषणा

    नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन (अनेरास्ववियू) को असन्तुष्ट पक्षले यही

बागमतीमा सवारीसाधनको डिजिटाइजेशन अभिलेख सुरू

    बागमती प्रदेशभित्रको सवारी साधनहरूको विद्युतीय अभिलेख सिर्जना (डिजिटाइजेशन) गर्ने काम सुरू

सुर्य रेमिट १६ औँ बर्षमा प्रवेश

  सुर्य रेमिटले १५औँ बार्षिक उत्सव मनाएको छ । रेमिटले बिभिन्न आरोह अबरोह