प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष ओलीबीच भेटवार्ता



 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारमा जारी भेटमा समसामयिक परिस्थिति र सरकारका कामबारे छलफल भइरहेको स्रोतले बतायो । उनीहरुबीच शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउने विषयमा छलफल पनि भएको स्रोतले बतायो । एमाले अध्यक्ष ओलीसँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बालकोट पुगेर भेटवार्ता गरेको विषय सार्वजनिक भएलगत्तै आज प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो । देउवा र ओलीबीच भएका छलफलका विषय सार्वजनिक भने भएका छैनन् । उता शनिबार अपरान्ह पुष्पलाल स्मृति प्रतिष्ठानले देशका साना ठूला सबै कम्युनिस्ट पार्टीका शीर्ष नेता एकै ठाउँमा भेला हुने कार्यक्रम तय थियो । आयोजक संस्थाका लोककृष्ण भट्टराई आफैंले सबै नेतालाई भेटेर समय लिएका थिए । तर, एमाले अध्यक्ष केपी शर्मा ओली भने स्वास्थ्यमा सामान्य समस्या आएको भन्दै प्रधानमन्त्री प्रचण्डसहितका नेताहरू सहभागी कार्यक्रममा गएनन् । एमालेको तर्फबाट उपाध्यक्ष युवराज ज्ञवालीले गोष्ठीलाई सम्बोधन गरेका थिए । जतिबेला पुष्पलालको योगदान र कम्युनिस्ट पार्टीहरूबीच एकताको सम्भावनाका बारेमा छलफल भइरहेको थियो त्यही बेला ओली निवास बालकोटमा कांग्रेस सभापति शेरवहादुर देउवा पुगेको खबर प्रधानमन्त्रीले पाइसकेका थिए ।

प्रतिक्रिया दिनुहोस
म अझै थाकेको छैन, अन्तिम पटक आन्दोलन गर्दैछु : पुष्पकमल दाहाल

  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेण्डा

उपनिर्वाचनमा केन्द्रित हुन एमालेको निर्देशन

    नेकपा एमालेले सिंगो पार्टी पंक्तिलाई मंसिर १६ गते हुने स्थानीय तहको

पूर्वमन्त्री लीलावल्लभ अधिकारी एमालेको सङ्गठित सदस्यबाट निलम्बित

    जापान भ्रमणका विषयमा विवाद भएपछि मन्त्रीबाट राजीनामा दिएका कोशीका निवर्तमान मन्त्री

पाथीभरा दर्शन केवलकार निर्माण शिलान्यास कार्यक्रममा झडप

    ताप्लेजुङको फुङ्लिङ नगरपालिका- १० काफ्लेपाटीमा स्थानीयबीच झडप भैरहेको छ । पाथीभरा