प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष ओलीबीच भेटवार्ता



 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारमा जारी भेटमा समसामयिक परिस्थिति र सरकारका कामबारे छलफल भइरहेको स्रोतले बतायो । उनीहरुबीच शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउने विषयमा छलफल पनि भएको स्रोतले बतायो । एमाले अध्यक्ष ओलीसँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बालकोट पुगेर भेटवार्ता गरेको विषय सार्वजनिक भएलगत्तै आज प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो । देउवा र ओलीबीच भएका छलफलका विषय सार्वजनिक भने भएका छैनन् । उता शनिबार अपरान्ह पुष्पलाल स्मृति प्रतिष्ठानले देशका साना ठूला सबै कम्युनिस्ट पार्टीका शीर्ष नेता एकै ठाउँमा भेला हुने कार्यक्रम तय थियो । आयोजक संस्थाका लोककृष्ण भट्टराई आफैंले सबै नेतालाई भेटेर समय लिएका थिए । तर, एमाले अध्यक्ष केपी शर्मा ओली भने स्वास्थ्यमा सामान्य समस्या आएको भन्दै प्रधानमन्त्री प्रचण्डसहितका नेताहरू सहभागी कार्यक्रममा गएनन् । एमालेको तर्फबाट उपाध्यक्ष युवराज ज्ञवालीले गोष्ठीलाई सम्बोधन गरेका थिए । जतिबेला पुष्पलालको योगदान र कम्युनिस्ट पार्टीहरूबीच एकताको सम्भावनाका बारेमा छलफल भइरहेको थियो त्यही बेला ओली निवास बालकोटमा कांग्रेस सभापति शेरवहादुर देउवा पुगेको खबर प्रधानमन्त्रीले पाइसकेका थिए ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैँक र होटल हिमालय बिच विशेष छुट सम्झौता

      प्रभु बैँकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई कुपण्डोल,ललितपुरमा अवस्थित होटल हिमालय सँग

माइडिया ब्रान्डका चिम्नी, ग्यास हब, र कुकटप नेपाली बजारमा-घरलाइ नयाँ स्वरुप दिन सकिने

    वर्ल्ड नम्बरवान अप्लाईन्स प्रोडुसर माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले दुइ  नयाँ

४७ अंकले बढ्यो शेयर बजार, कांग्रेस-एमाले सहकार्य प्रभाव

    आज शेयर बजार ४७.०४ अंकले बढेको छ । मंगलबार बजार खुलेपछि

कांग्रेस मुख्यालय सानेपामा ओलीको भव्य स्वागत

    नेपाली कांग्रेसले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली कांग्रेस मुख्यालय