नेकपा एसको महाधिवेशनमा ओली नजाने



 

 

 नेकपा एसको महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नजाने भएका छन् । नेकपा एसले महाधिवेशनमा अतिथिका लागि ओलीलाई पनि निम्ता पठाएको थियो । बालकोट स्रोतका अनुसार नेकपा एसको महाधिवेशन उद्घाटन समारोहमा अध्यक्ष ओली नजाने निश्चित छ । बरु त्यसबेला पार्टीको कृषि विभागको कार्यक्रममा जाने तय भएको स्रोतले जनाएको छ । नेकपा एसको अस्तित्वलाई नेकपा एमालेले अझै पनि स्वीकार गर्न चाहेको छैन । राष्ट्रिय पार्टी समेत नरहेको दलको महाधिवेशनमा एमाले अध्यक्ष जाने कुरा नहुने एक स्थायी कमिटी सदस्यले बताए । नेकपा एसका दस्तावेजमा एमालेलाई प्रमुख दुश्मनको रुपमा चित्रण गरेर ओलीलाई गालिगलौज गरिएको र माधव नेपालले एक दिन अघिसम्म पनि एमाले फुटाएर ऐतिहासिक काम गरियो भनिरहेकाले त्यस्तो दलको अतिथी बन्न नसकिने ती नेताको भनाइ छ । एमालेबाट अरु कोही नेताले महाधिवेशन उद्घाटन समारोहमा शुभकामना दिने सम्भावना पनि निश्चित नरहेको स्रोतले जनाएको छ । अध्यक्षले अन्तिममा कसैलाई पठाउने वा कोही पनि नजाने दुवै सम्भावना उत्तिकै रहेको एमाले स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ग्वार्कोको ओभरपास भोलिदेखि संचालनमा आउने

    ललितपुरको ग्वार्को स्थित ओभरपासमा भोलिदेखि सवारी गुड्न पाउने भएका छन् ।

स्वतन्त्र समूहलाई एकैठाउँमा ल्याउने रास्वपाको पहल

    राष्ट्रिय स्वतन्त्र पार्टीले वैकल्पिक राजनीति पक्षधर तथा स्वतन्त्र समूहहरूसँग सहकार्यको प्रयास

दैलेखमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक रिपोर्ट

    दैलेखको जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक रुपमा पत्ता

बाढी, पहिरोले बुटवल-नारायणगढ सडक अवरुद्ध

    बाढी र पहिरोले पूर्व-पश्चिम राजमार्गको बुटवल-नारायणगढ सडक खण्ड अवरुद्ध भएपछि वैकल्पिक