नेकपा एसको महाधिवेशनमा ओली नजाने



हाम्रो इकोनोमि

 

 

 नेकपा एसको महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नजाने भएका छन् । नेकपा एसले महाधिवेशनमा अतिथिका लागि ओलीलाई पनि निम्ता पठाएको थियो । बालकोट स्रोतका अनुसार नेकपा एसको महाधिवेशन उद्घाटन समारोहमा अध्यक्ष ओली नजाने निश्चित छ । बरु त्यसबेला पार्टीको कृषि विभागको कार्यक्रममा जाने तय भएको स्रोतले जनाएको छ । नेकपा एसको अस्तित्वलाई नेकपा एमालेले अझै पनि स्वीकार गर्न चाहेको छैन । राष्ट्रिय पार्टी समेत नरहेको दलको महाधिवेशनमा एमाले अध्यक्ष जाने कुरा नहुने एक स्थायी कमिटी सदस्यले बताए । नेकपा एसका दस्तावेजमा एमालेलाई प्रमुख दुश्मनको रुपमा चित्रण गरेर ओलीलाई गालिगलौज गरिएको र माधव नेपालले एक दिन अघिसम्म पनि एमाले फुटाएर ऐतिहासिक काम गरियो भनिरहेकाले त्यस्तो दलको अतिथी बन्न नसकिने ती नेताको भनाइ छ । एमालेबाट अरु कोही नेताले महाधिवेशन उद्घाटन समारोहमा शुभकामना दिने सम्भावना पनि निश्चित नरहेको स्रोतले जनाएको छ । अध्यक्षले अन्तिममा कसैलाई पठाउने वा कोही पनि नजाने दुवै सम्भावना उत्तिकै रहेको एमाले स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...