एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सुरु हुँदै



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन आजदेखिसुरु हुँदैछ । महाधिवेशनको प्रज्ञा भवन कमलादीमा आज उद्घाटन सत्र हुनेछ । महाधिवेशन आज बिहान ११ बजेबाट काठमाडौंको प्रज्ञा भवनमा उद्घाटन सत्र हुनेछ । आजदेखि पाँच दिनसम्म स्थानीय प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनले दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारी चयन गर्नेछ । महाधिवेशनको पार्टी अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्ने कार्यक्रम छ । महाधिवेशनमा विभिन्न राजनीतिक दलका शीर्ष नेतालाई निमन्त्रणा गरिएको छ । महाधिवेशनलाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवंमप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एसका नेता सोमप्रसाद पाण्डेले जानकारी र्दिए । पार्टी अध्यक्ष नेपालको नेतृत्वमा गठित महाधिवेशन मूल व्यवस्थापन समितिले महाधिवेशनसम्बन्धी सम्पूर्ण काम पूरा भएको जनाएको छ । महाधिवेशनमा भाग लिन देशभरबाट एक हजार आठ सय ४९ प्रतिनिधि काठमाडौँ आउने क्रम जारी छ । शीर्ष नेताहरूका साथै प्रतिनिधिहरू १० बजे भृकुटीमण्डपमा भेला भएर महाधिवेशनस्थल पुग्ने कार्यक्रम छ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट करिब तीन वर्षअघि विभाजन भएर गठन गरिएको पार्टीले यो महाधिवेशनलाई १०औँ राष्ट्रिय महाधिवेशनका रूपमा दाबी गरेको छ । विसं २००६ मा कोलकातामा स्थापना भएको कम्युनिष्ट पार्टीको राजनीतिक उत्तराधिकारी मानेको एकीकृत समाजवादी पार्टीले हालसम्म सम्पन्न भएका नौवटा अधिवेशनको स्वामित्व लिएर यो राष्ट्रिय महाधिवेशनलाई १०औँ मानेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...