कान्तिपुर टिभीलाई २४ घन्टे पूर्जी



 

 

प्रेस काउन्सिल नेपालले कान्तिपुर टेलिभिजनबाट प्रसारित कार्यक्रम ‘इट्स माई शो’ को विवादित एपिसोडलाई लिएर २४ घन्टे पूर्जी काटेको छ । आपत्तिजनक ढंगले कार्यक्रम चलाएको, गोपनीयता हनन हुने काम गरेको र अश्लीलता देखाएको भन्दै पूर्जी काटिएको हो । उक्त टिभीमा ओसिन सिटौलाले चलाएको स्वस्तिमा कार्कीसहितको शो विवादमा तानिएको थियो । काउन्सिल स्वयमको प्रारम्भिक अनुगमनले समेत आपत्तिजनक देखाएपछि आज उक्त पूर्जी काटेको काउन्सिलका एक सदस्यले जानकारी दिए । यो पुर्जीपछि काउन्सिलले अब टिभीका पदाधिकारीलाई बयानका लागि बोलाउने, माफी मगाउन लगाउने, सम्पादन गर्न लगाउने र कालोसूचीमा राख्नेसम्मको कारबाही गर्न सक्छ । गत साता उक्त सोमा प्रस्तोताले सोधेको प्रश्न र नायिकाले दिएका जवाफ कसैको वैयक्तिक जीवन एवं गोपनीयता प्रतिकुल हुने ढंगले प्रस्तुत गरेको काउन्सिलको निष्कर्ष छ । काउन्सिलको पत्रमा उक्त सोका प्रस्तुतकर्ता र अतिथिका समग्र प्रस्तुति, प्रयुक्त भाषा, लवज समेतमा प्रश्न उठाएको छ । पत्रमा कसैलाई अनुचित हानी पुर्‍याउने, अवहेलना, मानमर्दन हुने प्रकृतिको जवाफको अपेक्षा गर्दै कार्यक्रमको प्रारूप तयार गर्ने र त्यस उपर व्यक्त भएका जवाफ विना सम्पादन के कसरी सम्प्रेषण हुन गएको हो र यसले समाजमा कस्तो असर पर्छ भन्ने कुराको जिम्मेवारी सञ्चार माध्यमले लिनुपर्छ कि पर्दैन ? भन्दै २४ घण्टाभित्र जवाफ माग गरिएको छ । काउन्सिलले पछिल्लो समयमा युट्युब, अनलाइन र विभिन्न मिडियामा आचारसंहिता विपरीत देखिने सामाग्रीलाई तत्काल हटाउने र अटेर गरे कालोसूचीमा राख्ने कामलाई तीव्रता दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
यो वर्षको एसईई आजदेखि सुरु

    माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई आजदेखि सुरु भएको छ । देशभरका

कांग्रेस प्रमुख सचेतक घिमिरेले मागे माफी

    नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले यौन व्यवसाय खुला गर्नुपर्ने

पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा जाने

     पूर्वराजा ज्ञानेन्द्र शाह यसै साता गोरखा जाने भएका छन् । उनले

पाटन क्याम्पसमा नेविसंघ र अनेरास्ववियुबीच कुटाकुट

    स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा फर्जी मत खसेको ललिपुरको पाटन संयुक्त क्याम्पसमा