कान्तिपुर टिभीलाई २४ घन्टे पूर्जी



हाम्रो इकोनोमि

 

 

प्रेस काउन्सिल नेपालले कान्तिपुर टेलिभिजनबाट प्रसारित कार्यक्रम ‘इट्स माई शो’ को विवादित एपिसोडलाई लिएर २४ घन्टे पूर्जी काटेको छ । आपत्तिजनक ढंगले कार्यक्रम चलाएको, गोपनीयता हनन हुने काम गरेको र अश्लीलता देखाएको भन्दै पूर्जी काटिएको हो । उक्त टिभीमा ओसिन सिटौलाले चलाएको स्वस्तिमा कार्कीसहितको शो विवादमा तानिएको थियो । काउन्सिल स्वयमको प्रारम्भिक अनुगमनले समेत आपत्तिजनक देखाएपछि आज उक्त पूर्जी काटेको काउन्सिलका एक सदस्यले जानकारी दिए । यो पुर्जीपछि काउन्सिलले अब टिभीका पदाधिकारीलाई बयानका लागि बोलाउने, माफी मगाउन लगाउने, सम्पादन गर्न लगाउने र कालोसूचीमा राख्नेसम्मको कारबाही गर्न सक्छ । गत साता उक्त सोमा प्रस्तोताले सोधेको प्रश्न र नायिकाले दिएका जवाफ कसैको वैयक्तिक जीवन एवं गोपनीयता प्रतिकुल हुने ढंगले प्रस्तुत गरेको काउन्सिलको निष्कर्ष छ । काउन्सिलको पत्रमा उक्त सोका प्रस्तुतकर्ता र अतिथिका समग्र प्रस्तुति, प्रयुक्त भाषा, लवज समेतमा प्रश्न उठाएको छ । पत्रमा कसैलाई अनुचित हानी पुर्‍याउने, अवहेलना, मानमर्दन हुने प्रकृतिको जवाफको अपेक्षा गर्दै कार्यक्रमको प्रारूप तयार गर्ने र त्यस उपर व्यक्त भएका जवाफ विना सम्पादन के कसरी सम्प्रेषण हुन गएको हो र यसले समाजमा कस्तो असर पर्छ भन्ने कुराको जिम्मेवारी सञ्चार माध्यमले लिनुपर्छ कि पर्दैन ? भन्दै २४ घण्टाभित्र जवाफ माग गरिएको छ । काउन्सिलले पछिल्लो समयमा युट्युब, अनलाइन र विभिन्न मिडियामा आचारसंहिता विपरीत देखिने सामाग्रीलाई तत्काल हटाउने र अटेर गरे कालोसूचीमा राख्ने कामलाई तीव्रता दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...