मदन भण्डारीको विचारलाई जनजनमा लैजानुपर्छ : शंकर पोखरेल



हाम्रो इकोनोमि

 

 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले मदन भण्डारीको विचारलाई जनजनमा लैजानुपर्ने बताउनुभएको छ । स्वं. भण्डारीको ७२औँ जन्मजयन्तीको अवसरमा एमाले भक्तपुर जिल्ला कमिटीले आज नङ्खेलस्थित नवदुर्गा सामुदायिक वन परिषद्मा आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उहाँले भण्डारीले देश र जनताको लागि लिएको नीतिलाई आत्मसात् गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।एमालेभित्र पलाएको गलत जीवनशैली, आनीबानी, आचरण र  व्यवहारलाई सुधार्दै पार्टीलाई एकताबद्ध बनाउन जरुरी रहेको भन्दै महासचिव पोखरेलले देशलाई समाजवादमा प्रवेश गराइ समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना साकार बनाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो । एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले स्व भण्डारीका विचारलाई अनुसरण गरी एमालेलाई थप एकतावद्ध बनाउँदै लैजानुपर्ने बताउनुभयो । एमाले भक्तपुरका अध्यक्ष वचन देउजालगायतले मदन भण्डारीको योगदान र विचारको सान्दर्भिकताबारे धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...