एसईईमा कुन विषयमा कति विद्यार्थी ‘फेल’ ?



 

 

राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०)ले  बिहीबार सार्वजनिक गरेको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा अनिवार्य विषयमै सबैभन्दा धेरै विद्यार्थीले ननग्रेड पाएका छन् । कुनै एउटा विषयमा ननग्रेड पाउने विद्यार्थी पनि कक्षा ११ पढ्न पाउने छैनन् । कक्षा १० मा नेपाली, अंग्रेजी, गणित, विज्ञान तथा प्रविधि, सामाजिक शिक्षालाई मुख्य अनिवार्य विषयका रुपमा पढाउँदै आएको छ । नतिजाअनुसार अनिवार्य गणितमा सबैभन्दा धेरै विद्यार्थीले ननग्रेड (एनजी) पाएका छन् । बिहीबार बिहान सार्वजनिक नतिजाअनुसार १ लाख ७७ हजार ९८५ जना विद्यार्थीको गणित विषयमा एनजी (नन ग्रेड) आएको हो । अनिवार्य गणित परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी थिए । अनिवार्य गणितपछि अनिवार्य विषयकै रुपमा पढाइ हुँदै आएको विज्ञान तथा प्रविधि विषयमा समेत बढी विद्यार्थी अनुत्तीर्ण भएका छन् । विज्ञानमा १ लाख २६ हजार ९३३ जनाले नन ग्रेड पाएका छन् । अनिवार्य विज्ञान तथा प्रविधि विषयको परीक्षामा ४ लाख ६४ हजार ३३२ जना विद्यार्थी सहभागी थिए ।

त्यस्तै, अनिवार्य अन्तर्गत नै रहेको अंग्रेजी विषयमा १ लाख १३ हजार ३८३ जना अनुत्तीर्ण भएका छन् । अनिवार्य अंग्रेजी विषयको परीक्षामा ४ लाख ६४ हजार ७१९ जना विद्यार्थी सहभागी थिए । त्यस्तै सामाजिक अध्ययनमा ७३ हजार ८७७ जना र अनिवार्य नेपालीमा ६९ हजार ५३२ जना विद्यार्थीले ननग्रेड पाएका छन् । अनुपातका रुपमा अनिवार्य विषयको तुलनामा ऐच्छिक विषय लिएका विद्यार्थीको अनुत्तीर्ण दर कम छ । गणित, अर्थशास्त्र, वातावरण, भूगोललगायत विषय विद्यार्थीले ऐच्छिक रुपमा छनोट गरेर पढ्न पाउँछन् ।

नतिजाअनुसार अर्थशास्त्रमा ६९ हजार ४१६ जना विद्यार्थीले एनजी अर्थात् ननग्रेड पाएका छन् । ऐच्छिक अर्थशास्त्र विषयमा २ लाख २७ हजार ८४० जना विद्यार्थी सहभागी थिए ।त्यस्तै, ऐच्छिक गणितमा २० हजार ३५२ जनाले एनजी पाएको बोर्डले जानकारी दिएको छ । यो विषयमा कूल विद्यार्थीमध्ये १ लाख ६० हजार २६९ जना विद्यार्थीले परीक्षा दिएका थिए । ऐच्छिक वातावरण विषयमा ३ हजार ५११ जनाले एनजी ल्याएका छन् । यो विषयमा २१ हजार १३० जना विद्यार्थी सहभागी थिए । दुई विषयसम्म एनजी ल्याउने विद्यार्थीको लागि १८ र १९ साउनमा ग्रेडवृद्धि परीक्षा सञ्चालन हुनेछ । दुईभन्दा बढी विषयमा एनजी ल्याउने विद्यार्थीले आगामी चैतमा हुने परीक्षामा एनजी ल्याउने विषयको मात्र परीक्षा दिन पाउनेछन् ।बोर्डले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको छ । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्यांकन फरक–फरक रुपमा गरिएको छ । विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था बोर्डले गरेको छ । ७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक र आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अंक ल्याउनुपर्ने व्यवस्था गरिएको हो । चैत १५ गतेदेखि सुरु भएको परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । परीक्षामा ४७.८६ प्रतिशत विद्यार्थीमात्रै पास भएका छन् ।

प्रतिक्रिया दिनुहोस
अब अध्ययन-अनुसन्धान सुरु गछौँ : संयोजक थापा

    सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले २० वटा

प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष ओलीबीच भेटवार्ता

  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता

नेकपा एसको महाधिवेशनमा ओली नजाने

     नेकपा एसको महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नजाने भएका

एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सुरु हुँदै

    नेकपा एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन आजदेखिसुरु हुँदैछ । महाधिवेशनको प्रज्ञा