प्रतिनिधिसभामा सांसदले गृहमन्त्रीलाई के भने



हाम्रो इकोनोमि

 

 

प्रतिनिधिसभामा सांसदहरुले मनसुनजन्य विपद्का घटनामा तत्काल नागरिकलाई राहत र उद्दार पु¥याउने प्रभावकारी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले बाढी, पहिरो र चट्याङ्जस्ता प्राकृतिक विपत्तिमा परी देशभरी धनजनको क्षति भैरहेको उल्लेख गर्दै प्रभावकारी रुपमा नागरिकलाई राहत दिनुपर्ने र उद्दार गर्नुपर्नेमा जोड दिनु भएको हो ।

नेकपा एमालेका सांसद मानवीर राईले देशभर बाढी र पहिरो गइरहेको भन्दै ख्याल गर्न सरकारलाई आग्रह गर्नुभयो । राईले भन्नुभयो, ‘जिल्लामा गएको बाढी पहिरोको कारण सोलुखुम्बुको सदरमुकाम सल्लेरी, नाम्चे, खुम्बु हुँदै थामडाँडासम्म जानेबाटो दूधकोशी नदीको ओर्लाङघाटमा अवरुद्ध भएको,यस्तै नेचा सल्याण गाउँपालिका २ मा गएको पहिरोले केराबारीमा सर्वधन राईको घर, थुलुङ दूधकोशी–६मा भीमबहादुर माझी, थुलुङ दूधकोशी –२ मा पनि २ जनाको घर पहिरोले बगाएको उल्लेख गर्दै पीडित परिवारलाई राहत उपलब्ध गराउन सरकारसँग आग्रह गर्छु ।’ यस्तै, माओवादी केन्द्रका सांसद अमनलाल मोदीले मोरङ जिल्लामा भएको भारी वर्षाको कारण विराटनगर लगायतको स्थान डुवानमा परेको उल्लेख गर्दै सरकारले उद्दारमा ध्यान नदिएको गुनासो गर्नुभयो । जलमग्न बनेको विराटनगरमा राहत र उद्दार कार्यलाई तिव्रता दिनुपर्नेमा उनको जोड छ । ‘सरकारले तुरुन्त उद्दार गर्नुप¥यो कुरा मात्रै गरेर भएन, डुबानमा परेकालाई राहत दिनुपर्यो,’मोदीले भन्नुभयो ।

नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले चट्याङको अर्लट नहुँदा नागरिकले ज्यान गुमाइरहेको धारणा राख्नुभयो । उहाँले सरकारको त्यसतर्फ ध्यानाकर्षण गराउँदै भन्नुभयो, ‘मनसुनको बेलामा बाढी पहिरो आउन लाग्यो भनेर अलर्ट गराइन्छ चट्यान पर्न थाल्यो भनेर नागरिकलाई कसरी अलर्ट गराउने ?’ कांग्रेसकै सांसद रामहरि खतिवडाले खानेपानी, विद्युत्, सडक लगायतका क्षेत्रमा प्राकृतिक विपद्बाट धेरैजनधनको क्षति भएको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । यस्तै उहाँले एक वर्ष अगाडि ओखलढुंगामा असारमा गएको बाढी पहिरोमा परी १५० भन्दा धेरै घरधुरीका स्थानीय विस्थापिन हुन पुगेको स्मरण गराउँदै एक वर्षसम्म उहाँहरुको व्यवस्थापन हुन नसकेको बताउनुभयो । उहाँले गृहमन्त्री रवि लामिछानेलाई पुर्नबासको व्यवस्था गर्न जोड दिँदै व्यङ्ग्यात्मक शैलीमा भन्नुभयो, ‘एक वर्ष अगाडि ओखलढुंगा, ताप्लेजुङ लगायतका जिल्लामा भएका विवदका फाइलहरु गृह मन्त्रालयमा थन्किएर बसेका छन् । म गृहमन्त्रीलाई अनुरोध गर्छु तपाई फाइल धेरै हेरिरहनुभएको छ विपदका फाइलहरुमा पनि ध्यान जाओस् ।’ यसैगरी अर्का सांसद मनबहादुर गुरुङले पनि बाढी पहिरो पीडितलाई राहत, घाइतेलाई उपचारको व्यवस्था गर्न माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सिध्याउने खलनायक गगन थापा हुन : मोहन बस्नेत

     नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले विशेष महाधिवेशनबाट आएकाे नेतृत्वले पार्टीलाई इतिहासकै...

कांग्रेस इतर समूहको शक्ति प्रदर्शन विराटनगरमा

    नेपाली कांग्रेसको संस्थापन इतर पक्षको भेला विराटनगरमा सुरू भएको छ ।...

असारका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  असार महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जेठको...

एमालेको ‘६ ज’ केन्द्रित मिसन जागरण अभियान

    नेकपा एमालेले केन्द्रीय सदस्यहरुलाई पार्टीको गुमेको साख फर्काउदै आगामी स्थानीय र...