कैलालीमा चट्याङ लागेर २ जनाको मृत्यु, ५ जना घाइते



हाम्रो इकोनोमि

 

 

कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । बुधबार बिहान परेको चट्याङ लागेर धनगढी उपमहानगरपालिका र जोशीपुर गाउँपालिकाका एक/एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कवीन्द्रसिंह बोहोराले धनगढी उपमहानगरपालिका-१८ एफ गाँउका २७ वर्षीय शालिम चौधरी र जोशीपुर गाउँपालिका-३ का ३१ वर्षीय जयराम डगौराको चट्याङ लागेर मृत्यु भएको जानकारी दिए । उनकाअनुसार आफ्नै घर नजिक रहेको खेतमा रोपाइँ गर्ने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएका धनगढीका चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

जोशीपुरका डगौरालाई खेतमा आली बनाउने क्रममा चट्याङ लागेको थियो । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममा मृत्यु भएको हो । चट्याङ लागेर अन्य पाँच जना गम्भीर घाइते भएका छन् । विद्यालय जाने क्रममा घोडाघोडी नगरपालिका-९ बुदेनीमा तीन बालिका, टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा एक/एक जना घाइते भएका छन् । चट्याङ लागेर गम्भीर घाइते भएकी घोडाघोडी-९ की ९ वर्षीया सरस्वती भुल, ७ वर्षीय पारु कठात र १० वर्षीया खिमा कठातलाई थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ । टीकापुर र जानकीका घाइतेहरूको टीकापुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
शिक्षकलाई राजनीतिक क्रियाकलापमा संलग्न नहुन मन्त्री पुनको चेतावनी

    शिक्षामन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक तथा कर्मचारीहरूले पेसागत आचरण र कर्तव्यविपरीत...

संसद् पुनर्स्थापनाको पक्षमा कांग्रेसले सुरु गर्‍यो हस्ताक्षर अभियान

    संसद् पुनर्स्थापनाको पक्षमा नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले पनि हस्ताक्षर अभियान सुरु...

सुकुम्बासी वस्तीमा डोजर ल्याए बालेनको घर भत्काउन जानुस् : दुर्गा प्रसाई

    मंसिर ७ गते आन्दोलनको घोषणा गरेका मातृभूमि बचाउ अभियानका प्रमुख दुर्गा...

एकीकृत समाजवादी पुनर्गठन, भूसाल संयोजक

    एकीकृत समाजवादीले घनश्याम भूसाललाई संयोजक तोकेको छ । यसअघि भूसाल महासचिवको...