लमजुङमा पहिरो, ४ जना बेपत्ता, एकको शव भेटियो



 

 

लमजुङको क्व्होलासोथर गाउँपालिका-३ मा पहिरोमा परी बेपत्ता भएका एक जनाको शव फेला परेको छ । अन्य तीन जना अझै बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । पहिरोमा परी बेपत्ता भएका ६९ वर्षीय रूद्रमान गुरुङको शव फेला परेको हो । मंगलबार राति बगुमस्थित पच्युटोलमा पहिरोले तीन घर बगाउँदा ४ जना बेपत्ता भएका थिए । बेपत्ता हुनुहरूमा  ३६ वर्षीया पञ्चकुमारी गुरुङ, उनकी पाँच वर्षीया छोरी नम्रता र सात वर्षीया इच्छा गुरुङ रहेका छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली खोजीका लागि खटिएको छ ।

प्रतिक्रिया दिनुहोस
ट्र्याक्टर दुर्घटनामा चालकसहित चार जनाको मृत्यु

    कालीकोटमा ट्र्याक्टर दुर्घटना चार जनाको मृत्यु भएको छ । पलाँता गाउँपालिका–९

राप्रपा महामन्त्री धवलशमशेर हाजिर जमानीमा रिहा

     राप्रपा महामन्त्री धवलशमशेर राणा हाजिर जमानीमा रिहा भएका छन् । चैत

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्चमा दर्ता

    गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै रास्वपा सभापति एवम पूर्व उपप्रधान तथा

पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई पार्टीमा ढोका खुला छ : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा