लमजुङमा पहिरो, ४ जना बेपत्ता, एकको शव भेटियो



हाम्रो इकोनोमि

 

 

लमजुङको क्व्होलासोथर गाउँपालिका-३ मा पहिरोमा परी बेपत्ता भएका एक जनाको शव फेला परेको छ । अन्य तीन जना अझै बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । पहिरोमा परी बेपत्ता भएका ६९ वर्षीय रूद्रमान गुरुङको शव फेला परेको हो । मंगलबार राति बगुमस्थित पच्युटोलमा पहिरोले तीन घर बगाउँदा ४ जना बेपत्ता भएका थिए । बेपत्ता हुनुहरूमा  ३६ वर्षीया पञ्चकुमारी गुरुङ, उनकी पाँच वर्षीया छोरी नम्रता र सात वर्षीया इच्छा गुरुङ रहेका छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली खोजीका लागि खटिएको छ ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...