नेपाल-चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको बैठक बस्दै



हाम्रो इकोनोमि

 

 

नेपाल-चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक आज काठमाडौंमा सुरु हुँदै छ । बैठकमा सहभागी हुन चिनियाँ पक्षबाट उपविदेशमन्त्री सुन वेइडोङ सोमबार नेपाल आइसक्नुभएको छ । यस्तै, उपविदेशमन्त्री सुन वेइडोङ र नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले बैठकको नेतृत्व गर्दै हुनुहुन्छ । बैठकमा दुई देशबीचको आपसी सहयोग, व्यापार, सीमा व्यवस्थापन तथा दुई देशबीच भएका द्विपक्षीय सम्झौताबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालले व्यापार, लगानी र पर्यटन प्रवद्धन, कनेक्टिभिटी विस्तार, कृषि, शिक्षा, चिनिया सहयोगलगायतको विषयलाई समेटेर एजेन्डा तय गरेको जनाइएको छ ।बैठकमा नेपालमा चिनियाँ लगानीका परियोजनाहरूलाई शीघ्र सम्पन्न गर्नेबारेसमेत छलफल हुने परराष्ट्रले जनाएको हो । यसैबीच तीन दिने नेपाल भ्रमणमा रहेका वेइडोङले सोमबार नै प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा हिजो साँझ भएको भेटमा प्रधानमन्त्री दाहाल र उपविदेशमन्त्री सुनबीच नेपाल-चीनबीचको द्विपक्षीय सम्बन्ध, आपसी चासो र सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपाल भ्रमण सकेर १२ गते स्वदेश फकिनु अघि उपविदेशमन्त्री सुनले राष्ट्रपति रामचन्द्र पौडेलसँगसमेत शिष्टाचार भेटवार्ता गर्नुहुनेछ । संयन्त्रको १५औँ बैठक गत वर्ष बेइजिङमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...