मेयरविरुद्धको मुद्दाले राप्तीको नगरसभा अनिश्चित



 

 

जनप्रतिनिधिहरूबीचको बेमेलका कारण चितवनको राप्ती नगरपालिकाको नगरसभा यसवर्ष पनि अनिश्चित भएको छ । यो नगरले अघिल्लो वर्ष पनि असार १० सम्म बजेट ल्याउनुपर्ने कानूनी बाध्यता घर्काएर असारको ३० गते नगरसभा गरेको थियो । मेयर शमशेर लामाको विपक्षमा ५१ जना जनप्रतिनिधिले उच्च अदालत हेटौंडामा दायर गरेको मुद्दा नटुंगिएको कारण राप्तीको नगरसभा अनिश्चित बनेको हो । तर, राप्ती नगरपालिकाका निर्वाचित ७० जना जनप्रतिनिधिमध्ये उपमेयरसहित नेपाली कांग्रेस र नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले गत चैत २५ गते मुद्दा दायर गरेपछि नगरसभा अनिश्चित बनेको हो । चैत २५ गते जनप्रतिनिधिले दायर गरेको रिटमा मेयर लामाले कार्यपालिका बैठक नै नबोलाएको, नगरसभाको निर्णयमा कीर्ते गरेकोलगायतका जिकिर गरेका छन् । उक्त मुद्दाको आज पेशी भएपनि बहस नटुंगिएकाले नगरसभा सञ्चालन गर्न सम्भव नभको मेयर लामाले बताए । मुद्धा कहिले टुङ्गो लाग्छ थाहा छैन । बहुमत जनप्रतिनिधिले मुद्दा हालेको कारण टुंगो नलागी नगरसभा गर्न सकिने अवस्था भएन । उनले मुद्दा प्रकृयाको छिनोफानो समयमा नै भयो भने असार ३० गतेसम्म नगरपरिषद् गर्ने तयारीमा आफू रहेको बताए । नभए संघीय कानूनअन्तर्गत कूल आउने बजेटको एक तिहाइ बजेट ल्याएर कर्मचारी व्यवस्थापन लगायतका नियमति खर्च चलाउने अवस्था आउनसक्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
पाेखरा विमानस्थलको प्रतिवेदन अधुरो छ : गाेकुल बास्काेटा

    राजेन्द्र लिङदेन नेतृत्वको संसदीय उपसमितिले संसदीय समितिलाई बुझाएको प्रतिवेदनमा उपसमितिकै सदस्य

सहकारी पीडितको माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन

    सहकारी पीडितहरूले काठमाडौंमा अर्धनग्न प्रदर्शन गरेका छन् । सोमबार काठमाडौंको माइतीघर

राजावादी एकता : कमल थापा र लिङदेन एकै मञ्चमा

     लामाे समयदेखि दुरीमा रहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा नेपालका

शिक्षक साथीहरू ! खल्तीमा सलाईको बट्टा लिएर हिँड्नेसँग होसियार बन्नुहोस्

    नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली लेख्नुहुन्छ , शिक्षक आन्दोलन क्रमशः जटिल