मेयरविरुद्धको मुद्दाले राप्तीको नगरसभा अनिश्चित



हाम्रो इकोनोमि

 

 

जनप्रतिनिधिहरूबीचको बेमेलका कारण चितवनको राप्ती नगरपालिकाको नगरसभा यसवर्ष पनि अनिश्चित भएको छ । यो नगरले अघिल्लो वर्ष पनि असार १० सम्म बजेट ल्याउनुपर्ने कानूनी बाध्यता घर्काएर असारको ३० गते नगरसभा गरेको थियो । मेयर शमशेर लामाको विपक्षमा ५१ जना जनप्रतिनिधिले उच्च अदालत हेटौंडामा दायर गरेको मुद्दा नटुंगिएको कारण राप्तीको नगरसभा अनिश्चित बनेको हो । तर, राप्ती नगरपालिकाका निर्वाचित ७० जना जनप्रतिनिधिमध्ये उपमेयरसहित नेपाली कांग्रेस र नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले गत चैत २५ गते मुद्दा दायर गरेपछि नगरसभा अनिश्चित बनेको हो । चैत २५ गते जनप्रतिनिधिले दायर गरेको रिटमा मेयर लामाले कार्यपालिका बैठक नै नबोलाएको, नगरसभाको निर्णयमा कीर्ते गरेकोलगायतका जिकिर गरेका छन् । उक्त मुद्दाको आज पेशी भएपनि बहस नटुंगिएकाले नगरसभा सञ्चालन गर्न सम्भव नभको मेयर लामाले बताए । मुद्धा कहिले टुङ्गो लाग्छ थाहा छैन । बहुमत जनप्रतिनिधिले मुद्दा हालेको कारण टुंगो नलागी नगरसभा गर्न सकिने अवस्था भएन । उनले मुद्दा प्रकृयाको छिनोफानो समयमा नै भयो भने असार ३० गतेसम्म नगरपरिषद् गर्ने तयारीमा आफू रहेको बताए । नभए संघीय कानूनअन्तर्गत कूल आउने बजेटको एक तिहाइ बजेट ल्याएर कर्मचारी व्यवस्थापन लगायतका नियमति खर्च चलाउने अवस्था आउनसक्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...