कानुन मन्त्री र संसदका कर्मचारीबीच वार्ता



 

 

कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र संघीय संसद सचिवालयका आन्दोलनरत कर्मचारीहरुबीच छलफल भइरहेको छ । छलफल संघीय संसद भवन नयाँबानेश्वरमा जारी छ । संघीय संसद सचिवालयका कर्मचारीहरु अतिरिक्त समयमा काम गरेको पारिश्रमिक र भत्ता वृद्धिको माग गर्दै आन्दोलनमा छन् । उनीहरुको समस्या समाधानका लागि सरकारले यही असार ९ गते कानुनमन्त्री गिरीको नेतृत्वमा सहजीकरण समिति गठन गरेको थियो । समितिमा अर्थ मन्त्रालयका सचिव र संघीय संसदका महासचिव सदस्य छन् । समिति र कर्मचारी प्रतिनिधिबीचको वार्ताका कारण आज बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधि सभा बैठक झण्डै एक घण्टा ढिला सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले, केपी ओली र ममाथिको आक्रमणलाई परास्त गर्छु : सुनिता डंगोल

    काठमाडाैं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले उपमेयरमा निर्वाचित भएर आफूले राम्रो काम

बजेट अघि नै सरकार ढाल्छ : प्रचण्ड

     नेकपा माओवादी केन्द्रले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको आयु

प्रधानमन्त्रीले भोलि संसद् बैठकमा सम्बोधन गर्ने

    प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) को संसद् बैठकमा सम्बोधन गर्ने

वैशाख १७ गते जनमत र नाउपाबीच पार्टी एकता घोषणा गर्ने तयारी

    डा. सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको