मुख्यसचिवको दौडमा को-को ?



 

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै मुख्यसचिवका लागि दौडधुप सुरु भएको छ । वर्तमान मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध मुद्दा दायर भएसँगै नयाँ मुख्यसचिवका लागि दौडधुप सुरु भएको छ । हाल तोयानारायण ज्ञावाली, रामकृष्ण सुवेदी, दिनेश भट्टराई, एकनाराण अर्याल र अर्जुन पोखरेल मुख्यसचिवको प्रतिस्पर्धामा हुनुहुन्छ । वरियताको तेस्रो नम्बरमा रहनुभएका भट्टराई र चौथो नम्बरमा रहनुभएका अर्यालमध्ये एकलाई जिम्मेवारी दिनेगरी राजनीतिक तहमा छलफल सुरु भएको छ ।

सचिव ज्ञवाली भदौमा, सुवेदी कार्तिकमा, भट्टराई माघ अन्तिममा, अर्याल फागुनमा र पोखरेल २०८२ वैशाख २ गते अवकाश हुँदै हुनुहुन्छ । ज्ञवाली हाल राष्ट्रिय योजना आयोगमा, सुवेदी सञ्चारमा, भट्टराई महिला बालबालिका मन्त्रालयमा र अर्याल गृहमन्त्रालयको जिम्मेवारीमा हुनुहुन्छ । मुख्यसचिवको नियुक्ति नहुँदासम्म प्रधानमन्त्री कार्यालयमा रहेका वरिष्ठ सचिवले निमित्त मुख्यसचिवको जिम्मेवारी पाउनुहुनेछ । प्रधानमन्त्री कार्यालयकी वरिष्ठ सचिव लीलादेवी गडतौलाले निमित्त मुख्यसचिवको जिम्मेवारी सम्हाल्नुहुेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहनुएका सचिवहरुमध्ये उहाँ वरिष्ठ हुनुहुन्छ  ।

प्रतिक्रिया दिनुहोस
सरकारको नीति तथा कार्यक्रम पारित

    सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बहुमतबाट पारित भएको छ ।

मार्सी चामल मैले पनि चाखेको छु : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा कर्णालीको मार्सी चामलको चर्चा गरेका छन्

शिवसेनाका अध्यक्ष अनिल बस्नेत पक्राउ

    शिव सेना नेपालका अध्यक्ष अनिल बाबा बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ

पोर्चुगलमा नेपालीसहित ४५ सयलाई देश छाड्न पत्र

    युरोपेली राष्ट्र पोर्चुगलले आप्रवासन सम्बन्धी नीति परिवर्तन गरेपछि प्रत्यक्ष रूपमा नेपालीहरू