संसद भवनमा कर्मचारीहरूको धर्ना



हाम्रो इकोनोमि

 

 

 सेवा सुविधा थपको मागसहित आन्दोलनमा उत्रिएका संघीय संसद् सचिवालयका कर्मचारीले संसद भवन नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन् । केहीदिनयता विभिन्न मागसहित आन्दोलन गरिरहेका कर्मचारीहरू संसद भवनअगाडि हातमा कालोपट्टी बाँधेर विरोधमा उत्रिएका हुन् । कर्मचारीहरूको आन्दोलनका कारण बिहान ११ बजे बोलाइएको संसद बैठक पनि ढिला भएको छ । आज बिहानमात्र बालुवाटारमा बसेको बैठकले संघीय संसद सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न कानूनमन्त्री पदम गिरीको नेतृत्वमा महासचिव पद्मप्रसाद पाण्डे र अर्थ मन्त्रालयका सचिव मधु मरासिनी सदस्य रहेको समिति गठन गरेको छ ।असार ७ गतेसम्म माग सुनुवाइ नभए तेस्रो चरणको आन्दोलन थाल्ने कर्मचारीले आन्दोलन घोषणा गरेका थिए । कर्मचारी प्रशासन नियमावली २०६५ लाई अद्यावधिक गर्नुपर्ने, अतिरिक्त समयको प्रोत्साहन भत्ता दिनुपर्नेलगायतका माग उनीहरूको छ । करारका कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनुपर्ने माग पनि उनीहरूको छ ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...