राष्ट्रिय स्वतन्त्र पार्टीको चियापानमा नेताहरुको भिडभाड



 

 

राष्ट्रिय स्वतन्त्र पार्टीले आज दोस्रो स्थापना दिवस मनाएको छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा आयोजित चियापान समारोहमा प्रमुख दलका नेता एवं विभिन्न क्षेत्रका अगुवाहरूलाई बोलाइएको थियो ।कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, झलनाथ खनाल, उपेन्द्र यादव, राजेन्द्र लिङ्देनलगायतका नेता पुगेका छन् । चियापानस्थलमा रास्वपाको चुनाव चिन्ह घण्टी पनि झुण्ड्याइएको छ । त्यस्तै गाँजा, अल्लोको रेसाबाट बनाइएको उत्पादनसमेत प्रदर्शनीमा राखिएको छ । चियापान समारोहमा आउनेहरूलाई सभापति तथा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, उपसभापति डिपी अर्याल, स्वर्णिम वाग्ले, महामन्त्री मुकुल ढकालसहित पार्टीका नेता र सांसदहरूले स्वागत गरिरहेका छन् । पार्टी स्थापना भएको दोस्रो वर्ष पुग्दा रास्वपा प्रतिनिधिसभामा २१ सीटका साथ रास्वपा चौथो ठूलो दल बनिसकेको छ । रास्वपाबाट सभापति रवि लामिछानेको नेतृत्वमा प्रचण्ड सरकारमा ४ जना मन्त्री छन् ।

प्रतिक्रिया दिनुहोस
ब्यूँतियो समाजवादी मोर्चा, आलोकनगरमा बैठक जारी

    समाजवादी मोर्चाको बैठक सुरू भएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय

विहेको उमेरहद १८ वर्ष कायम गर्न संसदीय समितिको सुझाव

     प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले गठन गरेको उपसमितिले विवाहको

कांग्रेसका मन्त्रीहरू देउवा निवास बूढानीलकण्ठमा

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका मन्त्रीहरूलाई आफ्नो निवास बूढानीलकण्ठ बोलाएका

विपिन भाई शकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ : परराष्ट्र मन्त्री राणा

     परराष्ट्र मन्त्री आरजु राणा देउवाले इजरायलमा हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी