राष्ट्रिय स्वतन्त्र पार्टीको चियापानमा नेताहरुको भिडभाड



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय स्वतन्त्र पार्टीले आज दोस्रो स्थापना दिवस मनाएको छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा आयोजित चियापान समारोहमा प्रमुख दलका नेता एवं विभिन्न क्षेत्रका अगुवाहरूलाई बोलाइएको थियो ।कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, झलनाथ खनाल, उपेन्द्र यादव, राजेन्द्र लिङ्देनलगायतका नेता पुगेका छन् । चियापानस्थलमा रास्वपाको चुनाव चिन्ह घण्टी पनि झुण्ड्याइएको छ । त्यस्तै गाँजा, अल्लोको रेसाबाट बनाइएको उत्पादनसमेत प्रदर्शनीमा राखिएको छ । चियापान समारोहमा आउनेहरूलाई सभापति तथा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, उपसभापति डिपी अर्याल, स्वर्णिम वाग्ले, महामन्त्री मुकुल ढकालसहित पार्टीका नेता र सांसदहरूले स्वागत गरिरहेका छन् । पार्टी स्थापना भएको दोस्रो वर्ष पुग्दा रास्वपा प्रतिनिधिसभामा २१ सीटका साथ रास्वपा चौथो ठूलो दल बनिसकेको छ । रास्वपाबाट सभापति रवि लामिछानेको नेतृत्वमा प्रचण्ड सरकारमा ४ जना मन्त्री छन् ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...