१३ खर्ब नाघ्यो वैदेशिक व्यापार घाटा



 

 

चालू आर्थिक वर्षको ११ महिनामा नेपालको आयात र निर्यात दुवै घटेको छ । आर्थिक वर्ष २०८०/८१ को जेठ महिनासम्म देशको आयात १.८४ प्रतिशत र निर्यात ३.०१ प्रतिशतले घटेको हो । त्यस्तै, जेठ मसान्तसम्म नेपालको व्यापार घाटा १३ खर्ब १४ अर्ब ४४ करोड १८ लाख ५८ हजार पुगेको भन्सार विभागको तथ्यांकले देखाएको हो । भन्सार विभागका अनुसार जेठ मसान्तसम्म नेपालले १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाख ९२ हजारको वस्तु आयात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म १४ खर्ब ८० अर्ब ९८ करोड ११ लाख २६ हजार रुपैयाँको आयात गरेको थियो । त्यस्तै, ११ महिनाको अवधिमा कुल १ खर्ब ३९ अर्ब २६ करोड २३ लाख ३३ हजार बराबरको वस्तु निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ४३ अर्ब ५८ करोड ६५ लाख ४४ हजार बराबरको वस्तु निर्यात भएको थियो । जुन ३.०१ प्रतिशतले कम हो । चालू आवको ११ महिनामा नेपालको कुल वैदेशिक व्यापार १५ खर्ब ९२ अर्ब ९६ करोड ६५ लाख रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : ८ असार २०८१, शुक्रबार  १० : ४७  बजे

प्रतिक्रिया दिनुहोस
नबिल बैंक ४२औँ वर्षमा प्रवेश

     नेपालको अग्रणी नबिल बैंकले स्थापनाको ४१औँ वर्ष पूरा गरी ४२ औँ

३३ अंकले घट्यो नेप्से, ८ अर्बको कारोबार

    मौद्रिक नीति सेयर बजारअनुकूल आएपछि आइतबार बजारमा उत्साह देखियो । सो

एमाले कै सांसदले मागे मन्त्री गुप्ताको बर्खास्ती

    नेकपा एमाले सांसद किरणकुमार साहले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार

गोली प्रहार गरी १८ वर्षीय अर्सी खातुनको हत्या

    सुनसरीको हरिनगर गाउँपालिका- ६ मा गोली प्रहार गरी एक किशोरीको हत्या