जेठ महिनामा ४१ अर्ब १९ करोड राजश्व संकलन



 

 

आन्तरिक राजश्व विभागको राजश्व संकलनमा वृद्धि भएको छ । विभागको तथ्याङ्कअनुसार पछिल्लो केही महिनामा राजश्व संकलनमा वृद्धि भएको हो । चालु आर्थिक वर्षको जेठ महिनाको राजश्व संकलन ४१ अर्ब १९ करोड छ । गत वर्ष सोही अवधिको संकलन ३७ अर्ब थियो । यो ११.३० प्रतिशतको वृद्धि हो । चालु आर्थिक वर्षको जेठ मसान्तसम्मआन्तरिक राजश्वविभागले कूल ४ खर्ब ४८ अर्ब राजश्व संकलन गरेको छ । यो गतवर्षको सोहीअवधिको तुलनामा ९.६४ प्रतिशतले बढी हो । गतवर्ष जेठ मसान्तसम्मको राजश्व असुली ४ खर्ब ८ अर्ब थियो । गत वर्षभन्दा चालु आर्थिक वर्षको यो अवधिसम्म ४० अर्बले राजश्व संकलनमा वृद्धि भएको विभागका महानिर्देशक शिवलाल तिवारीले जानकारी दिनुभयो । आयकर (भाडा र व्याजसमेत) बाट २ खर्ब ३२ अर्ब, मूल्य अभिवृद्धि कर (आन्तरिक) बाट १ खर्ब १२ अर्ब र अन्त शुल्कबाट ९५ अर्ब संकलन भएको छ । महानिर्देशक तिवारीका अनुसार स्वास्थ्य सेवा, शिक्षा र अन्यबाट ८ अर्ब राजश्व उठेको छ ।

हालसम्म कूल लक्ष्यमा राजश्व असुली ७८.५ प्रतिशत रहेको विभागले जनाएको छ । चालु आर्थिक वर्षको अन्तिम महिना असार अन्तिमसम्म लक्ष्य भेट्ने गरी राजश्व संकलनमा तीव्रता दिइने तिवारीले बताउनुभयो । अर्थमन्त्री वर्षमान पुन अनन्तले राजश्व संकलनमा तीव्रता दिननिर्देशन दिए अनुसार विभाग सक्रिय भएको तिवारीले जानकारी दिनुभयो । गतवर्षको सोही अवधिको तुलनामा राजश्व संकलनमा वृद्धि भएपनि सरकारले चालु आर्थिक वर्षमा निर्धारण गरेको महत्वाकांक्षी लक्ष्य भने भेट्न सकेको छैन । राजश्व संकलनमा करदाता कार्यालयहरु मध्येको ठूला करदाता कार्यालयको योगदान करिब ४० प्रतिशत छ । यो कार्यालयले १ खर्ब ७५ अर्ब राजश्व उठाएको छ । ठूला करदाता कार्यालयको लक्ष्य २ खब ३८ अर्ब थियो । वार्षिक एक अर्बभन्दा बढीको कारोबार गर्ने करदाताबाट ठूला करदाता कार्यालयले कर उठाउँछ । एक अर्बभन्दा बढीको कारोबार गर्ने करदाता संख्या ५ सय ४५ छन् ।

 

प्रतिक्रिया दिनुहोस
अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो

६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल हुन्छ : अर्थमन्त्री

    उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आफूले ल्याएको बजेट यथार्थपरक रहेको बताएका

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई

रास्वपा र राप्रपाले आजपनि गरे संसद बहिष्कार

    सरकारले अध्यागमन र भिजिट भिसा प्रकरणमा छानबिन गर्न गठन गरेको समितिलाई