प्रचण्ड, ओली र रविबीच राजदूतमा भागबन्डा मिल्यो



हाम्रो इकोनोमि

 

 

सत्तारूढ तीन शीर्ष दलबीच रिक्त ११ देशको राजदूतमा भागबन्डा मिलेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच हिजो बसेको बैठकले राजदूतमा भागबण्डा मिलाएको हो । तीन दलका शीर्ष नेताहरुबीच भएको सहमति अनुसार एमालेलाई ८, रास्वपालाई २ र माओवादीले १ देशको राजदूत पाउने सहमति बनेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । हिजो सहमति भएपछि आज बस्ने मन्त्रिपरिषद्को बैठकले आज राजदूत नियुक्ति गर्ने तयारी गरेको छ । त्यसका लागि ४ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ । सत्ता समीकरण फेरिएपछि कांग्रेस र जसपाको कोटाबाट नियुक्त भएका ११ देशका राजदूतलाई सरकारले जेठ २४ गते फिर्ता बोलाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...