३ करोडभन्दा साना आयोजनामा बजेट विनियोजन भएको छैन : प्रधानमन्त्री



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन करोड भन्दा साना आयोजना प्रदेश र स्थानीय सरकारबाटै कार्यान्वयन गर्ने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा एमाले सांसद ठाकुर गैह्रेले आफ्नो भनाइको विपरीत गएर तीन करोडभन्दा साना रकमको आयोजना किन मन्त्रालयले छुट्याए भन्ने प्रश्नमा उनले भने साना आयोजना संघीय सरकारले नहेर्ने बताए । उनले भने, ‘सरकारले वार्षिक बजेट ल्याउँदा व्यवहारिक र प्रतिफल प्राप्त होस् भन्ने उद्देश्यले संघ, प्रदेश र स्थानीय तहमा दोहोरोपन हुन नदिने, ठूला आयोजना संघबाट कार्यान्वयन गर्ने । मझौला प्रदेशबाट साना स्थानीय तहबाट कार्यान्वयन गर्ने विषयमा सरकार स्पष्ट र दृढ छ । वित्तीय हस्तान्तरण अन्तर्गत सर्शत अनुदान तर्फका कतिपय आयोजना सम्पन्न गर्ने कार्यका लागि केही कार्यक्रममा रकम कम देखिए पनि तीन करोडभन्दा कम रकम विनियोजन भएका आयोजनाहरूलाई प्रदेश तथा स्थानीय तहबाटै कार्यान्वयन गर्ने गरी अगाडि बढाइने बताए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...