अनेरास्ववियु देशव्यापी प्रचार यात्रामा



 

 

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) देशव्यापी प्रचार यात्रामा निस्किएको छ । प्रचार यात्राका अभियान कोशी प्रदेशबाट सुरु भएको छ । बुधबारबाट कोशी प्रदेश कमिटीको आयोजनामा दुई दिने प्रचार भेला सुरु गरिएको छ । झापाको बिर्तामोडमा आयोजना गरिएको भेला आजसम्म चल्ने छ । अनेरास्ववियुले भूगोलका सात प्रदेश र उपत्यका विशेष प्रदेश गरी आठवटै प्रदेशमा भेला गर्ने अनेरास्ववियु प्रचारप्रसार विभाग प्रमुख आरविक्रम ओखेडाले जानकारी दिनुभयो ।

भेलामा अनेरास्ववियुका विद्यार्थीलाई प्रचारका बारेमा विशेष प्रशिक्षण दिइएको छ । भेलामा विद्यार्थीहरूलाई सूचना प्रविधि, समाचार लेखन र सामाजिक सञ्जालका बारेमा अभिमुखीकरण गरिने छ । डिजिटल माध्यमहरूबाट प्रचारलाई व्यवस्थित र रचनात्मक बनाउन विद्यार्थीहरूलाई सहजीकरण गर्ने गरी प्रशिक्षण कार्यक्रम राखिएको अनेरास्ववियु कोशी प्रदेश प्रचारप्रसार विभाग प्रमुख नारायण पोखरेलले जानकारी दिनुभयो । अनेरास्ववियु अध्यक्ष समिक बडालको प्रमुख आतिथ्यतामा भएको कोशी प्रदेशको भेलाको उद्घाटन नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवम् जनसंगठन विभाग प्रमख भानुभक्त ढकालले गर्नुभएको थियो ।

 

कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य एवम् झापा जिल्ला इञ्चार्ज विशाल भट्टराई, पार्टी केन्द्रीय सदस्य एवं विद्यार्थी इञ्चार्ज किशोरविक्रम मल्ल, एमाले झापाका नेताहरू दीपक कार्की, जिल्ला पार्टी अध्यक्ष प्रेम गिरीलगायते प्रचारको महत्वको बारेमा बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
सरकारको नीति तथा कार्यक्रम पारित

    सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बहुमतबाट पारित भएको छ ।

मार्सी चामल मैले पनि चाखेको छु : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा कर्णालीको मार्सी चामलको चर्चा गरेका छन्

शिवसेनाका अध्यक्ष अनिल बस्नेत पक्राउ

    शिव सेना नेपालका अध्यक्ष अनिल बाबा बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ

पोर्चुगलमा नेपालीसहित ४५ सयलाई देश छाड्न पत्र

    युरोपेली राष्ट्र पोर्चुगलले आप्रवासन सम्बन्धी नीति परिवर्तन गरेपछि प्रत्यक्ष रूपमा नेपालीहरू