अनेरास्ववियु देशव्यापी प्रचार यात्रामा



हाम्रो इकोनोमि

 

 

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) देशव्यापी प्रचार यात्रामा निस्किएको छ । प्रचार यात्राका अभियान कोशी प्रदेशबाट सुरु भएको छ । बुधबारबाट कोशी प्रदेश कमिटीको आयोजनामा दुई दिने प्रचार भेला सुरु गरिएको छ । झापाको बिर्तामोडमा आयोजना गरिएको भेला आजसम्म चल्ने छ । अनेरास्ववियुले भूगोलका सात प्रदेश र उपत्यका विशेष प्रदेश गरी आठवटै प्रदेशमा भेला गर्ने अनेरास्ववियु प्रचारप्रसार विभाग प्रमुख आरविक्रम ओखेडाले जानकारी दिनुभयो ।

भेलामा अनेरास्ववियुका विद्यार्थीलाई प्रचारका बारेमा विशेष प्रशिक्षण दिइएको छ । भेलामा विद्यार्थीहरूलाई सूचना प्रविधि, समाचार लेखन र सामाजिक सञ्जालका बारेमा अभिमुखीकरण गरिने छ । डिजिटल माध्यमहरूबाट प्रचारलाई व्यवस्थित र रचनात्मक बनाउन विद्यार्थीहरूलाई सहजीकरण गर्ने गरी प्रशिक्षण कार्यक्रम राखिएको अनेरास्ववियु कोशी प्रदेश प्रचारप्रसार विभाग प्रमुख नारायण पोखरेलले जानकारी दिनुभयो । अनेरास्ववियु अध्यक्ष समिक बडालको प्रमुख आतिथ्यतामा भएको कोशी प्रदेशको भेलाको उद्घाटन नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवम् जनसंगठन विभाग प्रमख भानुभक्त ढकालले गर्नुभएको थियो ।

 

कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य एवम् झापा जिल्ला इञ्चार्ज विशाल भट्टराई, पार्टी केन्द्रीय सदस्य एवं विद्यार्थी इञ्चार्ज किशोरविक्रम मल्ल, एमाले झापाका नेताहरू दीपक कार्की, जिल्ला पार्टी अध्यक्ष प्रेम गिरीलगायते प्रचारको महत्वको बारेमा बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...