भारतसँगको सीमामा काँडेतार लगाऔं : सांसद पन्त



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सांसद रघुजी पन्तले भारतसँग खुला सीमा भएको कारणले तराईमा आपराधिक घटना बढेको दाबी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सीमा नाकाहरुलाई व्यवस्थित गरेर काँडेतार लगाउँदै पासपोर्ट सिस्टममा जानुपर्ने उनको भनाइ छ । त्यसबारे उनको भनाइ जस्ताको तस्तैः
केहीदिनदेखि तराईका जिल्लाहरुमा मानिसहरुमाथि गोली हालेको समाचार आइरहेका छन्। यसको मुल कारण खुला सीमाना हो। त्यसैले खुला सीमानालाई एउटा स्वतन्त्र देशले नियमित र नियन्त्रण गर्नैपर्छ। हामी एकैचोटी पासपोर्टको सिस्टममा नजाऔंला। तर, अहिले राष्ट्रिय परिचय पत्र र नागरिकता पनि दिन थालिएको छ ।
उताबाट आउँदा पनि भारतसँग आधार कार्ड हेर्न सकिन्छ यताबाट जाँदा पनि नागरिकताको प्रतिलिपी हेर्न सकिन्छ । विस्तारै त्यहाँबाट सुरु गरेर काँडेतार लगाउँदै सीमालाई व्यवस्थित गर्दै पासपोर्ट सिस्टममा हामी जानैपर्छ । यसका लागि सशस्त्र प्रहरीलाई साधन र स्रोतहरु जवाफहरु र आवश्यक सुविधा दिनुपर्छ। सशस्त्र प्रहरी भएको ठाउँमा मान्छेहरुले सुरक्षित फिल गरेका छन्। त्यसैले तराईंमा बिग्रिएको सुरक्षालाई ध्यानमा राखेर आन्तरिक रुपमा नेपाल प्रहरी र सीमाका लागि सुरक्षा प्रहरी बिशेष रुपले परिचालन गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...