स्वदेश फर्किए राष्ट्रपति पौडेल



 

 

राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्किएका छन् । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी स्वीट्जरल्याण्डको जेनेभा गएका थिए । पौडेलको स्वागतका लागि उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, प्रधानमन्त्री प्रचण्ड, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीहरू रघुवीर महासेठ, नारायणकाजी श्रेष्ठ र रवि लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । राष्ट्रपति पौडेल जेठ ३१ गते सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजित ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ को उद्घाटन मञ्चमा प्रमुख वक्ताका रूपमा उभिएका थिए । भ्रमणकै क्रममा पौडेल असार १ गतेबाट जर्मनीको बर्लिन प्रस्थान गरेका थिए । जर्मनीका राष्ट्रपति फ्रैङ्क-वाल्टर स्टीनमेयरको निमन्त्रणामा उनले जर्मनीको औपचारिक भ्रमण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
अध्यादेशको विपक्षमा मतदान गर्छौँ : नेकपा एस

    नेकपा एकीकृत समावजवादीले सरकारले ल्याएको अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरेको

नेकपा एसको अनेरास्ववियू फुट्यो, समानान्तर कमिटी घोषणा

    नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन (अनेरास्ववियू) को असन्तुष्ट पक्षले यही

बागमतीमा सवारीसाधनको डिजिटाइजेशन अभिलेख सुरू

    बागमती प्रदेशभित्रको सवारी साधनहरूको विद्युतीय अभिलेख सिर्जना (डिजिटाइजेशन) गर्ने काम सुरू

सुर्य रेमिट १६ औँ बर्षमा प्रवेश

  सुर्य रेमिटले १५औँ बार्षिक उत्सव मनाएको छ । रेमिटले बिभिन्न आरोह अबरोह