विद्या भण्डारीको सदस्यता नवीकरण भएको छैन : संगठन विभाग सचिव ढुंगेल



हाम्रो इकोनोमि

 

 

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको नेतृत्वमा आउनसक्ने आँकलनसहित सार्वजनिक पछिल्ला विषयलाई लिएर नेकपा एमालेका संगठन विभाग सचिव माधव ढुंगेलले केही प्रष्टीकरण दिएका छन् । भण्डारीले एमालेको सदस्यता नवीकरण गरेको भनेर मिडियाहरूले चासो दिएको विषयमा उनले सामाजिक सञ्जालमार्फत् ६ बुँदामा प्रष्ट्याएका हुन् । विद्या भण्डारी एमाले नेतृ भएर नै राष्ट्रपति बनेको र पदीय जिम्मेवारीले अलग रहनुपर्ने हुँदा पार्टीबाट अलग्गिएको उनको भनाइ छ । देश, जना र आफू विकास भएको राजनीतिक दल एमालेको स्थायी अभिभावक हुने अधिकार भण्डारीसँग सुरक्षित रहेको ढुंगेलले लेखेका छन् । उहाँ अब कसैको भाग खोस्न या बेथिति निम्त्याउन सक्रिय राजनीतिक जीवनमा फर्कनु हुन्न तर आवस्यकताले माग गर्‍यो भने इन्कार गर्नु हुन्न भन्ने विश्वास चाहिँ हामीलाई छ’, नेता ढुंगेलको भनाइ छ । पूर्वराष्ट्रपति भएकाले बोल्न, हिँड्न र राजनीतिक सक्रियता गर्नै हुन्न भन्ने भाष्य बनाइन नहुने भन्दै ढुंगेलले राजनीतिक सक्रियताको निर्णय गर्ने विषय भण्डारीको व्यक्तिगत विषय भएको उनले प्रष्ट्याएका छन् । ढुंगेलले थप लेखेका छन्, ‘हालसम्म उहाँले पार्टी सदस्यता नवीकरण गर्नुभएको छैन । यो लुकेर गर्ने विषय पनि होइन । यदि नवीकरण गर्ने इच्छा गर्नुभयो भने उहाँको सक्रियता निसन्देह एमाले पार्टीमा नै हुनेछ, यो त सबैलाई थाहा भएकै कुरा हो । अनि के अनौठो भयो त !

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...