विद्या भण्डारीको सदस्यता नवीकरण भएको छैन : संगठन विभाग सचिव ढुंगेल



हाम्रो इकोनोमि

 

 

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको नेतृत्वमा आउनसक्ने आँकलनसहित सार्वजनिक पछिल्ला विषयलाई लिएर नेकपा एमालेका संगठन विभाग सचिव माधव ढुंगेलले केही प्रष्टीकरण दिएका छन् । भण्डारीले एमालेको सदस्यता नवीकरण गरेको भनेर मिडियाहरूले चासो दिएको विषयमा उनले सामाजिक सञ्जालमार्फत् ६ बुँदामा प्रष्ट्याएका हुन् । विद्या भण्डारी एमाले नेतृ भएर नै राष्ट्रपति बनेको र पदीय जिम्मेवारीले अलग रहनुपर्ने हुँदा पार्टीबाट अलग्गिएको उनको भनाइ छ । देश, जना र आफू विकास भएको राजनीतिक दल एमालेको स्थायी अभिभावक हुने अधिकार भण्डारीसँग सुरक्षित रहेको ढुंगेलले लेखेका छन् । उहाँ अब कसैको भाग खोस्न या बेथिति निम्त्याउन सक्रिय राजनीतिक जीवनमा फर्कनु हुन्न तर आवस्यकताले माग गर्‍यो भने इन्कार गर्नु हुन्न भन्ने विश्वास चाहिँ हामीलाई छ’, नेता ढुंगेलको भनाइ छ । पूर्वराष्ट्रपति भएकाले बोल्न, हिँड्न र राजनीतिक सक्रियता गर्नै हुन्न भन्ने भाष्य बनाइन नहुने भन्दै ढुंगेलले राजनीतिक सक्रियताको निर्णय गर्ने विषय भण्डारीको व्यक्तिगत विषय भएको उनले प्रष्ट्याएका छन् । ढुंगेलले थप लेखेका छन्, ‘हालसम्म उहाँले पार्टी सदस्यता नवीकरण गर्नुभएको छैन । यो लुकेर गर्ने विषय पनि होइन । यदि नवीकरण गर्ने इच्छा गर्नुभयो भने उहाँको सक्रियता निसन्देह एमाले पार्टीमा नै हुनेछ, यो त सबैलाई थाहा भएकै कुरा हो । अनि के अनौठो भयो त !

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...