राजेन्द्र लिङ्देनले रोष्ट्रममै च्याते बजेट पुस्तिका



 

 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका रोष्ट्रममै च्यातेका छन् । बजेटमाथि छलफलको क्रममा प्रतिनिधिसभामा बजेटमाथि आक्रोश पोख्दै बजेट पुस्तिका नै च्यातेका हुन् । उनले भने, ‘म कम आक्रोश पोख्ने मान्छे हो, कहिलेकाहिँ रिस पनि उठ्छ । तर, जब यो भौतिक पूर्वाधार यातायात मन्त्रालयको बजेट पुस्तिका हातमा पर्‍यो त्यो दिनदेखि म तातिएको छु । च्यातेर हुर्‍याउने मन छ । त्यति भन्दै उनले रोष्ट्रममा उभिएर पुस्तिका च्यात्दै भन्छन्, ‘तर, संसदीय मर्यादाविपरीत हुन्छ भनेर कहाँ हुर्‍याउनुपर्ने हो नहुर्‍याएर यहाँ राख्छु । यो मेरोमात्रै मनको कुरा होइन । अहिले कुनै नाप्ने चिज रहेछ भने यो हलमा बसेको जुनसुकै पार्टीको भएपनि चारवटा निर्वाचन क्षेत्रबाहेक सबैको मनको कुरा हो । यसरी सामान्य लाजघिन पनि नराखेर राज्य स्रोतमाथि मनपरी कतिदिनसम्म मान्छेले सहेर बस्छ ? सामान्य लाज पनि नराख्ने ?

प्रतिक्रिया दिनुहोस
जलनजस्तो संवेदनशील विषयमा आचारहीन टिकाटिप्पणी हुनु असभ्यताको पराकाष्ठा : अध्यक्ष बस्नेत

    प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जालमा नकरात्मक सामाग्री मात्र

अर्थमन्त्री विष्णुप्रसाद पौडेल डिस्चार्ज

    उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । कीर्तिपुर

तीनै तहको सरकार मिलेर देश बनाउनुपर्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई

बुढानिलकण्ठ नगरपालिकाको चौथो रोजगार मेला सम्पन्न

    बुढानिलकण्ठ नगरपालिकाको आयोजनामा चौथो रोजगार तथा वृति मेला सम्पन्न भएको छ