राजेन्द्र लिङ्देनले रोष्ट्रममै च्याते बजेट पुस्तिका



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका रोष्ट्रममै च्यातेका छन् । बजेटमाथि छलफलको क्रममा प्रतिनिधिसभामा बजेटमाथि आक्रोश पोख्दै बजेट पुस्तिका नै च्यातेका हुन् । उनले भने, ‘म कम आक्रोश पोख्ने मान्छे हो, कहिलेकाहिँ रिस पनि उठ्छ । तर, जब यो भौतिक पूर्वाधार यातायात मन्त्रालयको बजेट पुस्तिका हातमा पर्‍यो त्यो दिनदेखि म तातिएको छु । च्यातेर हुर्‍याउने मन छ । त्यति भन्दै उनले रोष्ट्रममा उभिएर पुस्तिका च्यात्दै भन्छन्, ‘तर, संसदीय मर्यादाविपरीत हुन्छ भनेर कहाँ हुर्‍याउनुपर्ने हो नहुर्‍याएर यहाँ राख्छु । यो मेरोमात्रै मनको कुरा होइन । अहिले कुनै नाप्ने चिज रहेछ भने यो हलमा बसेको जुनसुकै पार्टीको भएपनि चारवटा निर्वाचन क्षेत्रबाहेक सबैको मनको कुरा हो । यसरी सामान्य लाजघिन पनि नराखेर राज्य स्रोतमाथि मनपरी कतिदिनसम्म मान्छेले सहेर बस्छ ? सामान्य लाज पनि नराख्ने ?

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...