कर्णालीलाई हेप्ने, विभेद गर्ने : ज्ञानेन्द्र शाही



 

 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले बजेटमा कर्णालाई विभेद गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै भौतिकमन्त्री नेपालको हो कि धनुषाको ? भन्दै प्रश्न गरे । उनले भने, ‘मसँग डाटा छ । हावामा बोलेको छैन । संसदमा कर्णालीलाई अपमान गर्नुहुन्छ भने तपाईंहरूले आफ्नो भाषा निर्माण गर्नुस् । यो कर्णालीबाट आएको भाषा हो । धनुषाको ३ र ४ नम्बर क्षेत्रमा भौतिक मन्त्रालयले ८ अर्ब ७७ करोड ४ लाख बजेट विनियोजन गरेको छ । झापामा ६ अर्ब ७० करोड गरेको छ । टोटल गरेर १५ अर्ब ४७ करोड ४९ लाख झापा र धनुषामा विनियोजन गर्नुभएको छ । तर, कर्णालीको १० वटा जिल्लामा ७ अर्ब ३६ करोड ४८ लाख १४ हजारमात्रै ! उनले भौतिकमन्त्री झापा र धनुषाको हो कि नेपालको भन्दै प्रश्न दोहोर्‍याउँदै कर्णालीलाई विभेद गर्न नपाइने बताए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

    सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । असार

रवीन्द्र र धवललाई पुन: पक्राउ गर्ने तयारी

          हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का

अखिलमा डाक्टर-इन्जिनियरदेखि वकिलसम्म

    राजनीतिमा युवा पुस्ता त्यसमा पनि राम्रो विधामा पढेकाहरुको आकर्षण घटिरहेका बेला

रातदिन नभनी नि:स्वार्थ रुपमा जनताको काम गर्दै आएको छु : केशव महर्जन, अध्यक्ष, वडा नम्बर एक, भरतपुर

    चितवन भरतपुर महानगरपालिका वडा नम्बर १ का अध्यक्ष केशव मर्हजनसँग हाम्रो