कर्णालीलाई हेप्ने, विभेद गर्ने : ज्ञानेन्द्र शाही



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले बजेटमा कर्णालाई विभेद गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै भौतिकमन्त्री नेपालको हो कि धनुषाको ? भन्दै प्रश्न गरे । उनले भने, ‘मसँग डाटा छ । हावामा बोलेको छैन । संसदमा कर्णालीलाई अपमान गर्नुहुन्छ भने तपाईंहरूले आफ्नो भाषा निर्माण गर्नुस् । यो कर्णालीबाट आएको भाषा हो । धनुषाको ३ र ४ नम्बर क्षेत्रमा भौतिक मन्त्रालयले ८ अर्ब ७७ करोड ४ लाख बजेट विनियोजन गरेको छ । झापामा ६ अर्ब ७० करोड गरेको छ । टोटल गरेर १५ अर्ब ४७ करोड ४९ लाख झापा र धनुषामा विनियोजन गर्नुभएको छ । तर, कर्णालीको १० वटा जिल्लामा ७ अर्ब ३६ करोड ४८ लाख १४ हजारमात्रै ! उनले भौतिकमन्त्री झापा र धनुषाको हो कि नेपालको भन्दै प्रश्न दोहोर्‍याउँदै कर्णालीलाई विभेद गर्न नपाइने बताए ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...