टीआरसी विधेकय चाँडै टुंग्याउँछौं : महेश बर्ताैला



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्ताैलाले टीआरसी विधेयकलाई सत्ताको दाउपेज बनाउन नहुने बताएका छन् । बेपत्ता योद्धा परिवार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै टीआरसी विधेयकलाई छिटोभन्दा छिटो हाउसमा लगेर टुंग्याएर सशत्र द्वन्द्वसँग जोडिएका सबै विषयलाई निष्कर्षमा पुर्याउनुपर्ने बताए । उनले भने, ‘हामीले सत्यको अन्बेषणबाट दोषीलाई कानूनी दायरामा ल्याउने । पीडितलाई न्यायको प्रत्याभूमि गराउनुपर्छ । हिजोको द्वन्द्वलाई देखाएर नयाँ द्वन्द्व नहुने कुराको सुनिश्चिता गराउने पथमा जानुपर्छ । अब हामीलार्ई कमजोरी गर्ने छुट छैन । समीतिमा रहेको टीआरसी विधेयकलाई अगाडि बढाउने सबै राजनीतिक पार्टीहरुले जिम्मेवारी बोधका साथ । सत्ताको विषय टीआरसी विधेयकलाई बनाउन होइन । टीआरसी विधेयकमा प्रधानमन्त्रीले पनि पहल गरिरहेको बताउँदै समितिमा पनि आफूहरुले सहमतिको लागि अन्तिम चरणमा पुर्याइसकेको बताए ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...