सहकारीको बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन समितिको कार्यविधि तयार



 

 

सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिको कार्यविधि तयार भएको छ । विशेष समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले कार्यादेश निर्माणका लागि गठित समितिका सदस्यहरुसँग समेत छलफल गरी सो कार्यविधि तयार पारेको हो । सहकारी छानविन सम्बन्धी कार्यादेश निर्माणमा संलग्न सांसदहरु महेश बर्तौला, हितराज पाण्डे, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की र जीवन परियारसँग पनि आवश्यक छलफल गरी बैठकले आफ्नो कार्यविधि पारित गरेको विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले जानकारी दिए । त्यसैगरी बैठकले आफ्नो कामलाई अघि बढाउनका लागि कार्यसूचीहरु पनि तय गरेको छ । संघीय सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी बोर्ड, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिसहितका निकायहरुसँग छलफल गर्ने र अहिलेको सहकारीको समस्याको बारेमा, बचत अपचलन, दुरुपयोगको बारेमा र समग्र अवस्थितिको बारेमा जानकारी लिने र त्यस आधारमा अरु सूचना, तथ्यहरु लिने कामहरु पनि गर्ने गरी कार्यसूची तयार गरिएको उनले बताए ।

सभापति थापाले भने, ‘आजको बैठकमा कार्यादेशसँग सम्बन्धित माननीयज्युहरु महेश बर्तौला, हितराज पाण्डे, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की र जीवन परियारसँग छलफल भयो । उहाँहरुले कार्यादेश निर्माणको एकरुप बुझाईबारे समितिलाई जानकारी गराउनुभयो । हामीले अरु विभिन्न पक्षसँग पनि उहाँहरुसँग छलफल गर्‍यौँ । र, त्यस आधारमा हामीले कार्यविधिमा छलफल गर्‍यौं । छलफल गरेर आज समितिको कार्यविधि सर्वसम्मतिले पारित भएको छ । हामीले मस्यौदा कार्यविधिमा छलफल गरेर त्यसलाई प्राप्त विभिन्न खालको सुझावलाई समेट्ने गरी पारित गरेका छौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिसहितका निकायहरुसँग छलफल गर्ने र आजको सहकारीको समस्याको बारेमा, बचत अपचलन, दुरुपयोगको बारेमा र समग्र अवस्थितिको बारेमा जानकारी लिने र त्यस आधारमा अरु सूचना, तथ्यहरु लिने काम गर्ने तयारी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
यो वर्षको एसईई आजदेखि सुरु

    माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई आजदेखि सुरु भएको छ । देशभरका

कांग्रेस प्रमुख सचेतक घिमिरेले मागे माफी

    नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले यौन व्यवसाय खुला गर्नुपर्ने

पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा जाने

     पूर्वराजा ज्ञानेन्द्र शाह यसै साता गोरखा जाने भएका छन् । उनले

पाटन क्याम्पसमा नेविसंघ र अनेरास्ववियुबीच कुटाकुट

    स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा फर्जी मत खसेको ललिपुरको पाटन संयुक्त क्याम्पसमा