श्रीमतीको हत्या गरेर प्रहरीमा खोजीका लागि निवेदन



हाम्रो इकोनोमि

 

 

 बेपत्ता भएको भनिएकी धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ सखुवा महेन्द्रनगरकी २८ वर्षीया रुबी यादवको हत्या आफैंले गरेको उनका श्रीमान राजु यादवले स्वीकारेका छन् । जेठ २६ गते महेन्द्रनगरबाट रुवी बेपत्ता भएको भनेर उनका श्रीमान् राजुले प्रहरीलाई जानकारी गराउँदै खोजविनका लागि अनुरोध गरेका थिए ‌। प्रहरीले अनुसन्धान गर्दा राजुले स्वयं बेपत्ता पारेको निष्कर्षमा पुग्यो । इलाका प्रहरी कार्यालय सखुवाले राजुलाई बिहीबार नियन्त्रणमा लिएर सुक्ष्म ढंगले अनुसन्धान थाले । हिरासतमा बसेको दुई दिनपछि राजुले श्रीमतीको हत्या गरेको स्वीकारेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन‌‌‌ अवाले जानकारी दिए । ‘राजुले दिएको लोकेसनमा सर्च गर्दा रुवीको शव फेला परेको छ,’ उनले भने, ‘मिथिला नगरपालिकाको सामुदायिक वनको खोल्सामा शव भेटिएको हो । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएको उनले बताए ‌। जेठ २६ मा औरही बाबाको दर्शन गर्नका लागि भन्दै श्रीमती रुवीलाई खोल्सामा पुर्‍याएर राजुले हत्या गरेको अनुसन्धानबाट खुलेको डीएसपी अवाले बताए ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...