जवाफ दिन सरकारलाई सभामुखको रूलिङ



हाम्रो इकोनोमि

 

 

 सभामुख देवराज घिमिरेले सदनमा उठेको विषयमा जवाफ दिन सरकारको रुलिङ गरेका छन् । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले शून्य, आकस्मिक र विशेष समयमा उठाएका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले भने, ‘सांसदहरूले सदनमा शून्य, आकस्मिक र विशेष समयमा उठाउनुभएका विषयप्रति सरकारको ध्यानाकर्षण गराउनु चाहन्छु । बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रपतिको विदेश भ्रमणबारे आगामी बैठकमा जानकारी गराउन सभामुखबाट रुलिङ माग गरेका थिए । यस्तै, एमालेका सचिव योगेश भट्टराई तोप्लेजुङको पहिरोबारे जानकारी गराउँदै उद्धार र विस्थापित बस्तीका स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरणलगायतको विषयमा कुरा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...