एमाले गुल्मी अध्यक्षमा बालसिंह काउछा निर्वाचित



हाम्रो इकोनोमि

 

 

 नेकपा(एमाले)गुल्मी को १२ औं जिल्ला अधिबेशनबाट बालसिंह काउछा निर्वाचित भएका छन् । नेतृत्व चयनका लागि हिजो सम्पन्न मतदानको शुक्रबार बिहान सार्वजनिक नतिजामा काउछा निर्वाचित भएका हुन । ५९५ प्रतिनिधिले गरेको मतदानमा काउछाले ३८४ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी हिरा एसी २०२ मत ल्याएका हुन् । त्यसैगरी उपाध्यक्षमा जीवन खरेल विजयी भएका छन् । उनले ३४८ मत ल्याउँदा उनका प्रतिस्पर्धी गणेश श्रीपालीले २१२ मत ल्याएका छन् ।
त्यसैगरी सचिवमा धर्म बिश्वकर्मा ३७१ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी पदम अर्याल १९० मत ल्याएका छन् । खुला उपसचिवमा चक्रबन्धु भुसाल विजयी भएका छन् । भुसालले ३४८ मत ल्याउँदा उनका प्रतिस्पर्धी ओम कार्कीले २१६ मत ल्याएका छन् । महिला उपसचिव भने निर्विरोध भएको थियो । मंगलबार सुरु भएको अधिवेशन सहमतिका लागि रोक्दै बिहीबार राति मात्रै निर्वाचनमा गएको थियो । उपसचिवमा लक्ष्मी पन्त निर्विरोध भएकी थिइन् । पार्टीको सदरमुकाम तम्घासमा सम्पन्न १२ औँ जिल्ला अधिवेशनले पदाधिकारीसहित अधिकांश पदमा निर्वाचन गरेर नयाँ जिल्ला कमिटी चयन गरेको एमाले गुल्मी इन्चार्ज एवं पोलिटब्युरो सदस्य सूर्य थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...