एमाले गुल्मी अध्यक्षमा बालसिंह काउछा निर्वाचित



हाम्रो इकोनोमि

 

 

 नेकपा(एमाले)गुल्मी को १२ औं जिल्ला अधिबेशनबाट बालसिंह काउछा निर्वाचित भएका छन् । नेतृत्व चयनका लागि हिजो सम्पन्न मतदानको शुक्रबार बिहान सार्वजनिक नतिजामा काउछा निर्वाचित भएका हुन । ५९५ प्रतिनिधिले गरेको मतदानमा काउछाले ३८४ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी हिरा एसी २०२ मत ल्याएका हुन् । त्यसैगरी उपाध्यक्षमा जीवन खरेल विजयी भएका छन् । उनले ३४८ मत ल्याउँदा उनका प्रतिस्पर्धी गणेश श्रीपालीले २१२ मत ल्याएका छन् ।
त्यसैगरी सचिवमा धर्म बिश्वकर्मा ३७१ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी पदम अर्याल १९० मत ल्याएका छन् । खुला उपसचिवमा चक्रबन्धु भुसाल विजयी भएका छन् । भुसालले ३४८ मत ल्याउँदा उनका प्रतिस्पर्धी ओम कार्कीले २१६ मत ल्याएका छन् । महिला उपसचिव भने निर्विरोध भएको थियो । मंगलबार सुरु भएको अधिवेशन सहमतिका लागि रोक्दै बिहीबार राति मात्रै निर्वाचनमा गएको थियो । उपसचिवमा लक्ष्मी पन्त निर्विरोध भएकी थिइन् । पार्टीको सदरमुकाम तम्घासमा सम्पन्न १२ औँ जिल्ला अधिवेशनले पदाधिकारीसहित अधिकांश पदमा निर्वाचन गरेर नयाँ जिल्ला कमिटी चयन गरेको एमाले गुल्मी इन्चार्ज एवं पोलिटब्युरो सदस्य सूर्य थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...