बढ्यो नेप्से, पौने ६ अर्बको कारोबार



 

 

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिँदा कारोबार रकम भने उच्च देखिएको छ । नेप्से परिसूचक छ दशमलव ३७ अङ्कले बढेर दुई हजार एक सय २१ दशमलव ६२ को विन्दुमा कायम भएको छ । आज तीन सय १२ कम्पनीको एक करोड २९ लाख ५० हजार चार सय सात कित्ता शेयर ७४ हजार आठ सय ५८ पटक खरिदबिक्री हुँदा  पाँच अर्ब ८९ करोड ४० लाख ८९ हजार दुई सय ४५ बराबरको कारोबार भएको छ । आजको कारोबारमा होटल तथा पर्यटन समूह शून्य दशमलव १८, जलविद्युत् समूह शून्य दशमलव ६१, निर्जीवन बीमा शून्य दशमलव ४८ र व्यापार समूह शून्य दशमलव ३६ प्रतिशतले घटेको छभने अरू सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै वित्त समूह एक दशमलव ०७ प्रतिशतले बढेको छ । बैङ्किङ शून्य दशमलव ८३, विकास बैङ्क शून्य दशमलव ११, लगानी शून्य दशमलव १२, जीवन बीमा शून्य दशमलव १७ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ६० प्रतिशतले बढेको छ । लघुवित्त शून्य दशमलव ८८, म्युचुअल फन्ड शून्य दशमलव ३३ र अन्य समूह शून्य दशमलव ३४ प्रतिशतले बढेको छ । समृद्धि फाइनान्स कम्पनी लिमिटेड, मिड सोलु हाइड्रोपावर लिमिटेड, साधना लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्य चार दशमलव ४८ प्रतिशतले घटेको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रु २७ करोड ६३ लाख ६० हजार चार सय ९१ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडको नौ लाख ५१ हजार दुई सय सात कित्ता शेयर किनबेच भएको छ । हिजाे पनि नेप्से  २११५.२४ अंकले बढेकाे थियाे ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  १० : १३  बजे

प्रतिक्रिया दिनुहोस
१० केजी मल दिएर उत्पादन वृद्धि कसरी हुन्छ : बास्काेटा

     सत्तारुढ दल नेकपा एमालेका सांसद गोकुल बास्कोटाले किसानलाई मलको व्यवस्था गर्न

कांग्रेस-एमाले मिलेपछि देशमा सुधार आउँदैछ : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्वीटजरल्याण्डका सङ्घीय विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिसले

जसपा नेता यादवले भने: मधेश नेपालबाट अलग भएरै छोड्छ

    प्रहरीको खोजीमा रहेका जसपा नेता अशोक यादवले आफ्नो कर्तुतलाई राजनीतिक र

डाक्टरको आन्दोलनले बिरामी अलपत्र

    नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्दा बिरामीहरु