जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध



हाम्रो इकोनोमि

 

 

जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् ।महाधिवेशनअन्तर्गत आज भएको उम्मेदवारी दर्तामा अध्यक्ष पदमा यादवको मात्र उम्मेदवारी परेको थियो । जसपा नेता मनिष सुमनले भने, ‘अध्यक्ष पदमा उपेन्द्र यादव जीको एकल उम्मेदवारी परेको छ । निर्विरोध भइसकेपनि औपचारिक घोषणा हुन बाँकी छ । यादवको नेतृत्वमा १८ वर्षअगाडि मधेशी जनअधिकार फोरम नेपाल गठन भएको थियो । पटक पटक पार्टीको नाम परिवर्तन भएपनि अध्यक्षमा यादव नै रहे । अहिले महाधिवेशनबाट पनि उनी नै निर्वाचित भए । अध्यक्षबाहेकका पदमा प्रतिस्पर्धा हुने देखिएको छ । अहिले अन्य उम्मेदवारको नामावली सार्वजनिक भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...