सरकारी कर्मचारीको पीआर र दोहोरो नागरिकता छानबिन गरौँ : सांसद पन्त



 

 

सरकारी कर्मचारीसँग पीआर र दोहोरो नागरिकता भएको विषय प्रतिनिधि सभाको बैठकमा उठेको छ ।बुधबार प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका सांसद रघुजी पन्तले कर्मचारीहरूसँग पीआर र दोहोरो नागरिकता छ कि छैन, भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न दिएको निर्देशनको पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अल्मलिएको बताए । अख्तियारले कर्मचारीहरूसँग पीआर र दोहोरो नागरिकता रहेको र यस सम्बन्धमा छानबिन गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पत्र पठाएको तर प्रधानमन्त्री कार्यालयबाट अगाडि नबढेको भन्दै उनले प्रश्न उठाएका हुन् । कोको हुन् ? केही विशिष्ठ श्रेणीका कर्मचारी पनि त्यसमा छन रे । नेपाल सरकारको नुन खाँदाखाँदै विदेशी नागरिकता लिन रहर लाग्ने महानुभाव को हुनुहुँदो रहेछ त्यो हामीले चिन्न पाउनुपर्‍यो । छिटो कारबाही गरेर संसद्लाई जानकारी दिइयोस्,’ सांसद पन्तले भने ।

प्रतिक्रिया दिनुहोस
बाढीले बीपी राजमार्ग अवरुद्ध, एक महिला बेपत्ता

    अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति

पुल भासिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध, वैकल्पिक बाटो सञ्चालन

     पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीमा पुल भासिएको छ । पूर्व नवलपरासीको

सरकारको नीति तथा कार्यक्रम पारित

    सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बहुमतबाट पारित भएको छ ।

मार्सी चामल मैले पनि चाखेको छु : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा कर्णालीको मार्सी चामलको चर्चा गरेका छन्