स्थानीय जनताको दबाबले बगान सार्न खोजिएको हो : गिरीबन्धु टी स्टेट



हाम्रो इकोनोमि

 

 

झापामा रहेको गिरीबन्धु टी स्टेट प्रालिले पछिल्ला समयमा विभिन्न टिकाटिप्पणी गरी भ्रम छरिएको भन्दै आफ्नो स्पष्टीकरण पेश गरेको छ । पत्रकार सम्मेलनमार्फत् प्रालिले बिर्तामोड बजारको तीव्र विकास र विस्तार चिया बगान क्षेत्रमा फोहोर मैला फाल्ने भएको, चियाका बुट्टाहरु काटी दाउराको रुपमा लैजाने गरेको, आत्मा हत्याको प्रकरण हुने गरेकोजस्ता समस्याका कारण सबै दलको सहमतिमा बगान सार्न खोजिएको जनाएको छ । उल्लेखित अवस्था र परिस्थितिको कारण त्यस क्षेत्रबाट चिया बगान हटाउन निरन्तर जन दबाब आएको र स्थानीय जनतासँग राजनितीक दलका स्थानीय प्रतिनिधिहरू समेतको रोहबरमा छलफल हुँदा चिया बगान कायम राख्न तीव्र विरोध आएको कारण उक्त क्षेत्रबाट चिया बगान हटाउनु नै उपयुक्त हुने टुङ्गोमा पुगेर नै उपयुक्त ठाउँमा चिया बगानको ब्यवस्था गर्ने गरी, जग्गा सट्टा-पट्टाको लागी निवेदन गरिएको हो’, विज्ञप्तिमा उल्ले छ । गिरीबन्धु टी स्टेटले विभिन्न अफवाह, भ्रम र राजनीतिक खिचातानीको विषय नबनाइदिन पनि अनुरोध गरेको छ ।

  

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...