प्रधानमन्त्रीको भारत भ्रमणबारे संसदलाई जानकारी गराउन एमालेको माग



हाम्रो इकोनोमि

 

 

 नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे संसदलाई जानकारी गराउन माग गरेको छ । मंगलबार प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्रीलाई भारत भ्रमणका क्रममा भएका गतिविधि र भारतीय अधिकारीहरुसँग भएको भेट र त्यसक्रममा भएका कुराकानीबारे जानकारी संसदलाई गराउनुपर्ने माग गरेका हुन् । प्रधानमन्त्री प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार नयाँदिल्ली गएका थिए । सोमबार नेपाल फर्किएका छन् । भारतमा रहँदा प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी मोदी, भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, भारतीय विदेशमन्त्री मन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए । भारतीय अधिकारीहरुसँगको भेटमा आफूले सार्कलाई सक्रिय पार्नेदेखि नेपाल-भारत सीमासँग सम्बन्धित विषयहरु र दुई देशका बीचमा रहेका संयन्त्रहरुलाई सक्रिय पार्नुपर्ने विषय उठाएको प्रधानमन्त्री प्रचण्डले बताएका छन् ।

सोमबार त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले आफूले उठाएको विषयमा भारतीय समकक्षी मोदी र विदेशमन्त्री जयशंकरले सकारात्मक प्रतिक्रिया पाएकाले आफू आशावादी भएर नेपाल फर्किएको बताएका थिए । प्रधानमन्त्रीले पत्रकारहरुसँग गरेको विषय समाचारमा पढेको उल्लेख गर्दै एमाले सांसद पन्तले संसदलाई नै जानकारी गराउन माग गरेका हुन् । यसका लागि सभामुखले नै रुलिङ गर्नुपर्ने उनको माग छ । भारतसँग थाँती रहेका हाम्रो समस्याहरु जस्ताको तस्तै विद्यमान छन,’ सांसद पन्तल भने, ‘सभामुखबाट रुलिङ हुनुपर्छ । प्रधानमन्त्रीले आएपछि बोल्ने पहिलो ठाउँ भनेको संसद हो । उहाँका भारतीय प्रधानमन्त्रीसँग के-के विषयमा, सार्कका विषयमा, थाँती रहेका बिभन्न विषय समाधान गर्ने विषयमा के के कुरा भयो ? संसदलाई सम्बोधन गरेर विस्तृत रुपमा जानकारी दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...