विवादमा जोडिएकी शोभा पाठक पक्राउ



हाम्रो इकोनोमि

नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतसँग नाम जोडिएर विवादमा परेकी शोभा पाठकलाई प्रहरीले पक्रेको छ । सामाजिक सञ्जालमार्फत् विभिन्न व्यक्तिहरूको चरित्रहत्या गरेको आरोपमा उनलाई नेपाल प्रहरीको साइबर ब्यूरोले ललितपुरको पुल्चोकबाट सोमबार पक्राउ गरेको हो । साइबर ब्यूरोका प्रवक्ता एसपी दीपकराज अवस्थीकाअनुसार सामाजिक सञ्जालबाट विभिन्न व्यक्तिको चरित्र हत्या गरेको उजुरी आएपछि उनलाई पक्राउ गरिएको हो । लामो समयदेखि निकट सम्बन्धमा रहेका महेश र शोभाबीचको विवाद अचेल सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । शोभामाथि विभिन्न व्यक्तिसँग मोलमोलाइ गरेर रकम मागेको आरोप पनि लाग्ने गरेको छ । शोभाले पूर्व उद्योगमन्त्रीसमेत रहेका बस्नेतविरुद्ध यसअघि नै जिल्ला प्रहरी परिसर काठमाडौंमा जबरजस्ती करणसम्बन्धी जाहेरी पनि दिएकी थिइन् । बस्नेतले युवाहरू लगाएर आफूलाई अपार्टमेन्टमै आक्रमण गराएको आरोप उनले लगाउँदै आएकी थिइन् । पाठकले  बस्नेतविरुद्ध ‘भ्रुण हत्या, बलात्कार र डाँका चोरी’ प्रकरणमा प्रहरीमा जाहेरी पनि दिइन् । उक्त प्रकरणमा प्रमाण नपुग्ने भन्दै प्रहरीले उनको उजुरीलाई तामेलीमा राख्न जिल्ला सरकारी वकिल कार्यालयलाई सिफारिस गरेको थियो । आइतबार मात्रै शोभाले सामाजिक सञ्जाल फेसबुकमार्फत् बस्नेतसँगका गोप्य तस्बिर सार्वजनिक गरेकी थिइन् । एमाले र माओवादीका उच्च तहका अन्य नेतासँग पनि उनले फोटो खिच्ने गरेकी थिइन् । उनी पछिल्लो समय एकजना बहालवाला मन्त्रीसँग मिलेर आफ्नो बदनाम गर्दै हिँडेको गुनासो बस्नेतले गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...