दश महिनामा भित्रियो ११ खर्ब ९८ अर्ब ६० करोड रेमिट्यान्स



हाम्रो इकोनोमि

 

 

चालू आर्थिक वर्षको १० महिनामा ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा रेमिट्यान्स आप्रवाह १९.२ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २३.४ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स ९ अर्ब २ करोड पुगेको छ । यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ)लिने नेपालीको संख्या ३ लाख ७४ हजार ८८७ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ३७ हजार ८९३ रहेको छ । यो अवधिमा खुद ट्रान्सफर १७.२ प्रतिशतले वृद्धि भई १३ खर्ब १ अर्ब ७२ करोड पुगेको छ । त्यस्तै विदेशी विनिमय सञ्चिती पनि बैशाख मसान्तमा १९ खर्ब ४२ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । जबकि २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर विदेशी मुद्रा सञ्चिती थियो । कुल विदेशी विनिमय सञ्चिती २६.२ प्रतिशतले वृद्धि भएको हो । अमेरिकी डलरमा यस्तो सञ्चिती २४.२ प्रतिशतले वृद्धि भइ १४ अर्ब ५४ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिती २८ प्रतिशतले वृद्धि भई १७ खर्ब २२ अर्ब २ करोड पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
काठमाडौंको नागढुङ्गादेखि चितवनको भरतपुरसम्मको सडक बन्द

    रसुवा हुँदै आएको भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत काठमाडौंको नागढुङ्गादेखि चितवनको...

टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

    बोर्डर आउट पोस्ट (बीओपी) मा खटिएका ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन...

तिब्बतबाट आएको भिषण बाढीको असर मुग्लिङसम्म

    तिब्बतबाट आएको भोटेकोशी नदीको भिषणा बाढीको असर चितवनसम्म पर्न सक्ने भन्दै...

रसुवाको तटीय क्षेत्रमा अकल्पनीय क्षति, दर्जनौं बजार र बस्ती बगायो

    भोटेकोशीमा अचानक तिब्बतर्फबाट आएको भिषण बाढीले नेपालतर्फ रसुवा जिल्लाको तटीय क्षेत्रमा...