काठमाडौंका दशै निर्वाचन क्षेत्रमा एमालेलाई जिताउने निर्मल देउलाको घोषणा



 

 

नेपाल कम्युनिष्ट पार्टी एमालेको सातौ काठमाडौं जिल्ला अधिवेशनमा अध्यक्षको उम्मेद्वार बनेका नेता निर्मल देउलाले काठमाडौंका दशै निर्वाचन क्षेत्रमा एमालेलाई जिताएर पुरानो विरासत फर्काउने उद्घोष गरेका छन् ।

को हुन् निर्मल देउला ?

नेकपा एमाले काठमाडौं अध्यक्षको उम्मेद्वार बनेका निर्मल देउला कामपा ८ तिलगंगामा २०२५ भदौ २३ गते बुवा पदम बहादुर देउला र आमा हिरादेवी देउलाका जेठा सन्तानको रुपमा जन्मिएका हुन् । सानैदेखि सामाजिक अवहेलना र जातिय विभेदका कारण कम्युनिष्ट पार्टीप्रति झुकाव राखेका उनले बि।सं। २०४४ सालमा नेपाल कम्युनिष्ट पार्टी (माले) को सम्पर्कमा रही तत्कालिन जनपक्षीय उम्मेदवारलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । २०४९ मा नेकपा एमालेको टोल सक्रिय दलको संयोजक रहेका उनी सोही बर्ष एमाले बाटै कामपा ८ को वडा सदस्यमा निर्वाचित बने । युवा संघ नेपालको विभिन्न जिम्मेवारीमा रहेर काम गरेका देउला सफाई मजदुर युनियन, मुक्ति समाजको काठमाडौं जिल्लाको अध्यक्षदेखि केन्द्रीय सदस्य हुँदै केन्द्रीय कोषाध्यक्ष समेत बन्न पुगे । २०५२ बाट नेकपा एमालेको वडा सदस्य बनेका देउलाले ९ बर्षसम्म वडा सदस्यकै रुपमा काम गरे । २०६१ देखि नेकपा एमाले काठमाडौं जिल्ला कमिटी सदस्य बन्दै जिल्ला कमिटी सचिवालय सदस्य, महानगर कमिटी सचिव हुँदै क्षेत्र नं। ४ को निर्वाचन परिचालन संयोजकको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन् ।

देशकै राजधानी रहेको शहर काठमाडौं राजनीति र आर्थिक केन्द्रको रुपमा रहेको छ । २०७९ को संघीय निर्वाचनमा दश मध्ये १ क्षेत्र जितेर रक्षात्मक बनेको एमालेलाई २०८४ को निर्वाचनमा शतप्रतिशत जित निकाल्ने तयारी गरेका छन् । लोकतान्त्रिक पार्टीमा विभिन्न विचारहरु सक्रिय रहने भएपनि बैचारिक बहसलाई महाधिवेशनबाट टुङ्गो लगाउने धारणा राख्ने देउला पद्धतिसंगत ढङ्गबाट जिम्मेवारी दिने सही ब्यक्तिलाई सही जिम्मेवारी दिने धारणा राख्छन् । नेकपा एमालेको जिल्ला पार्टी कार्यालय सचिवको अनुभव सम्हालेका देउलालाई महानगरभरीका पार्टी नेताहरुको योग्यता र कार्यदक्षता बारे राम्रो जानकारी छ । उनी भन्छन्, ‘साथीहरुलाई जिम्मेवारी दिदा योग्यता, क्षमता र सिनियारिटीलाई आधार मानिन्छ ।’ आगामी चुनावी परिणाम के हुन्छ ? भन्ने प्रश्नमा देउला भन्छन्, ‘आगामी चुनावमा जिल्लाभित्र दशमध्ये कम्तिमा ९ ओटा क्षेत्र जिताएर पार्टीको पुरानो विरासत फर्काउनेछु ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्