मोदीजीले चाँडै नेपाल भ्रमण गर्नुहुन्छ : प्रधानमन्त्री प्रचण्ड



हाम्रो इकोनोमि

 

 

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्ता दिएका छन् । मोदीको शपथ कार्यक्रममा सहभागी हुन भारत पुगेका प्रधानमन्त्री प्रचण्डले दिल्लीस्थित दूतावासमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मोदीसँगको भेट सकारात्मक भएको बताए । उनले भने, ‘मैले उहाँले शपथपछि पहिलो भ्रमण नेपालबाट गर्नुपर्‍यो भन्ने कुरा गरें । उहाँले स्वीकार्नुभएको छ । म पहिला नेपाल जान चाहेको पनि बताउनुभयो, तर अहिले जी सेभेनको बैठक इटालीमा भएको हुँदा त्यताबाट फर्केपछि आउँछु भन्नुभएको छ । अब उहाँले चाँडै नेपाल भ्रमण गर्नुहुन्छ । प्रधानमन्त्री प्रचण्डले आफ्नो अघिल्लो पटक भारत भ्रमणको क्रममा भएका सहमति र समझदारीहरु कार्यान्वयनको विषयमा समकक्षीसँग छलफल भएको बताए । उनले मोदीसँग सीमासम्बन्धी समस्या समाधान गर्ने विषयमा पनि छलफल भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
समाजवादी मोर्चाबाट विप्लव अलग

    नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समाजवादी मोर्चाबाट अलग...

हयात होटलद्वारा सबै कर्मचारी बर्खास्त

  हयात रिजेन्सी होटलले जेन्जी आन्दोलनमा तोडफोडपछि बन्द रहेको होटल मर्मतका नाममा होटलमा...

असारसम्मलाई जग्गाको कित्ताकाट खुल्यो

  सरकारले  नियमावली २०७९ मा तेस्रो पटक संशोधन गर्दै जग्गाको कित्ताकाट खुलाएको छ। ...

मधेशको मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर

    मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध नेकपा (एमाले) बाहेकका ७४ जना सांसदले...