मोदीजीले चाँडै नेपाल भ्रमण गर्नुहुन्छ : प्रधानमन्त्री प्रचण्ड



हाम्रो इकोनोमि

 

 

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्ता दिएका छन् । मोदीको शपथ कार्यक्रममा सहभागी हुन भारत पुगेका प्रधानमन्त्री प्रचण्डले दिल्लीस्थित दूतावासमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मोदीसँगको भेट सकारात्मक भएको बताए । उनले भने, ‘मैले उहाँले शपथपछि पहिलो भ्रमण नेपालबाट गर्नुपर्‍यो भन्ने कुरा गरें । उहाँले स्वीकार्नुभएको छ । म पहिला नेपाल जान चाहेको पनि बताउनुभयो, तर अहिले जी सेभेनको बैठक इटालीमा भएको हुँदा त्यताबाट फर्केपछि आउँछु भन्नुभएको छ । अब उहाँले चाँडै नेपाल भ्रमण गर्नुहुन्छ । प्रधानमन्त्री प्रचण्डले आफ्नो अघिल्लो पटक भारत भ्रमणको क्रममा भएका सहमति र समझदारीहरु कार्यान्वयनको विषयमा समकक्षीसँग छलफल भएको बताए । उनले मोदीसँग सीमासम्बन्धी समस्या समाधान गर्ने विषयमा पनि छलफल भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...