माधव नेपालका भान्जा युवा संघबाट निष्कासित



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादी निकट युवा संघको विवाद उत्कर्षमा पुगेको छ । युवा संघका सहसंयोजक नितेश पौडेलले शनिबार काठमाडौंमा भेला गरेर समानान्तर अभ्यास थालेपछि विवाद चर्किएको हो । मातृपार्टी महाधिवेशनमा होमिएको बेलामा युवा संघका संयोजक कृष्ण विक र सहसंयोजक पौडेल नेतृत्वका विषयमा विवाद हुँदा समानान्तर कमिटीको अभ्यास गर्ने तहमा पुगेको हो । पौडेल पार्टी अध्यक्ष माधव नेपालका भान्जा हुन् भने विक सम्मानित नेता झलनाथ खनालनिकट हुन् । पौडेल पक्षले भेला राखेपछि संयोजक विकले कारबाही गर्ने चेतावनी दिँदै विज्ञप्ति जारी गरेका थिए । विकले अध्यक्ष नेपाल, सम्मानित नेता खनाल, उपाध्यक्ष तथा संगठन विभाग प्रमुख डा. बेदुराम भुसाल, महासचिव घनश्याम भुसाल र मोर्चा फाँट प्रमुख डा. विजय पौडेललाई विशेष निर्देशनको बोधार्थ जानकारी गराएका थिए । तर, पौडेल पक्ष रोकिएन । पौडेल पक्षको भेलामा विकको नेतृत्वलाई अस्वीकार गर्दै महाधिवेशन आयोजक कमिटी गठन गरेको छ । विकले महाधिवेशन नचाहेकाले आफूले समानान्तर कमिटी घोषणा गर्नुपरेको उनीहरूको भनाइ छ । समानान्तर कमिटीमा पौडेलले आफैं संयोजक तोकेका छन् सहसंयोजक फुर्वा तामाङ छन् । समानान्तर कमिटीले आगामी असोज पहिलो साता महाधिवेशन गर्ने जनाएको छ । तर, आफ्नो पक्षमा मान्छे कोही नभएपछि विधि र पद्धतिभन्दा बाहिर गएर पौडेलले अराजकता देखाएको संयोजक कृष्ण विकले बताए । उनी पौडेल पक्षको भेलालाई समानान्तर कमिटी स्वीकार्न पनि तयार छैनन् । पौडेलले आफूपछि अध्यक्षको ग्यारेन्टी मागेको तर त्यो सम्भव नभएपछि विधानविपरीत चलेको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...