माधव नेपालका भान्जा युवा संघबाट निष्कासित



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादी निकट युवा संघको विवाद उत्कर्षमा पुगेको छ । युवा संघका सहसंयोजक नितेश पौडेलले शनिबार काठमाडौंमा भेला गरेर समानान्तर अभ्यास थालेपछि विवाद चर्किएको हो । मातृपार्टी महाधिवेशनमा होमिएको बेलामा युवा संघका संयोजक कृष्ण विक र सहसंयोजक पौडेल नेतृत्वका विषयमा विवाद हुँदा समानान्तर कमिटीको अभ्यास गर्ने तहमा पुगेको हो । पौडेल पार्टी अध्यक्ष माधव नेपालका भान्जा हुन् भने विक सम्मानित नेता झलनाथ खनालनिकट हुन् । पौडेल पक्षले भेला राखेपछि संयोजक विकले कारबाही गर्ने चेतावनी दिँदै विज्ञप्ति जारी गरेका थिए । विकले अध्यक्ष नेपाल, सम्मानित नेता खनाल, उपाध्यक्ष तथा संगठन विभाग प्रमुख डा. बेदुराम भुसाल, महासचिव घनश्याम भुसाल र मोर्चा फाँट प्रमुख डा. विजय पौडेललाई विशेष निर्देशनको बोधार्थ जानकारी गराएका थिए । तर, पौडेल पक्ष रोकिएन । पौडेल पक्षको भेलामा विकको नेतृत्वलाई अस्वीकार गर्दै महाधिवेशन आयोजक कमिटी गठन गरेको छ । विकले महाधिवेशन नचाहेकाले आफूले समानान्तर कमिटी घोषणा गर्नुपरेको उनीहरूको भनाइ छ । समानान्तर कमिटीमा पौडेलले आफैं संयोजक तोकेका छन् सहसंयोजक फुर्वा तामाङ छन् । समानान्तर कमिटीले आगामी असोज पहिलो साता महाधिवेशन गर्ने जनाएको छ । तर, आफ्नो पक्षमा मान्छे कोही नभएपछि विधि र पद्धतिभन्दा बाहिर गएर पौडेलले अराजकता देखाएको संयोजक कृष्ण विकले बताए । उनी पौडेल पक्षको भेलालाई समानान्तर कमिटी स्वीकार्न पनि तयार छैनन् । पौडेलले आफूपछि अध्यक्षको ग्यारेन्टी मागेको तर त्यो सम्भव नभएपछि विधानविपरीत चलेको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस
सन्तोष परियारले छाडे पनि रास्वपा

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले पार्टी छाडेका छन्...

सिंगापुरबाट आज स्वदेश फर्किँदै देउवा-दम्पती

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज शुक्रबार स्वदेश फर्किँदै छन् ।...

नबिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

    नबिल बैंकको ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ नामक ऋणपत्र नेप्सेमा सूचीकृत...

दल र नेतालाई अवरोध गरेर चुनाव हुन्छ : ओली

    नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अराजकताबाट जन्मिएको सरकार...